Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अब डिभी–पिआर रोज्ने कि जागिर ?

३० असार, काठमाडौं । विभिन्न देशको स्थायी आवासीय अनुमतिपत्र (डिभी, पिआर र ग्रिनकार्ड) लिएका निजामती कर्मचारीलाई ६० दिनभित्र जागिर वा डिभी, पिआर रोज्न सरकारले समय दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ डिभी, पिआर र ग्रिनकार्ड लिने कर्मचारीलाई बर्खास्त गर्नेसहितको निजामती सेवा ऐन मंगलबारदेखि कार्यान्वयनमा आएपछि सरकारले डिभी–पिआरवाला कर्मचारीलाई डिभी, पिआर वा जागिर रोज्न ६० दिनको समय दिएको हो । शुक्रबार संसद्बाट पारित निजामती सेवा ऐनको चौथो संशोधन विधेयकलाई मंगलबार राष्ट्रपतिले लालमोहर लगाएपछि सो कानुन कार्यान्वयनमा आएको हो । ऐनको चौथो संशोधन मंगलबार नै राजपत्रमा प्रकाशित भएको छ । डिभी–पिआर लिएका कर्मचारीलाई बर्खास्त गर्ने गरी निजामती सेवा ऐनमा संशोधन भएकाले अब कारबाही थालिने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए । ‘अब हामी सूचना निकालेर ६० दिनको समय दिन्छौँ,’ सामान्य प्रशासनमन्त्री पण्डितले भने, ‘त्यस अवधिमा पनि अटेर गर्नेहरू स्वतः र्खास्तीमा पर्नेछन् ।’ कर्मचारीले डिभी–पिआर नत्यागे स्वतस् बर्खास्त हुनुपर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयको अध्ययनअनुसार डिभी र पिआर लिएका कर्मचारीको संख्या एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म रहेको छ । सामान्य प्रशासनमन्त्री पण्डितले विदेशको आवासीय अनुमतिपत्र लिएर सरकारी जागिर खानेले देश र जनताको उचित सेवा गर्न नसक्ने भन्दै त्यस्ता कर्मचारी कारबाहीको भागीदार बन्ने बताए । पण्डित मन्त्री भएदेखि डिभी, पिआरधारी कर्मचारीले निजामती सेवाबाट अवकाश लिनुपर्ने भन्दै अभियान थालेका थिए । मंगलबारदेखि ऐन कार्यान्वयनमा आएपछि मन्त्री पण्डितले विभिन्न अवरोधका बाबजुद कानुन लागू गर्न सकेकामा खुसी व्यक्त गरे । मन्त्री पण्डितले सुरुमा यस्तो कानुनी व्यवस्था ल्याउन खोज्दा अधिकांश मन्त्रीले विरोध गरेका थिए । तर, सरकारी सेवामा रहेर विदेशको आवासीय अनुमतिपत्र लिने कर्मचारीले स्वदेशको रक्षा गर्न नसक्ने भन्दै मन्त्री पण्डितको प्रयासप्रति नागरिकस्तरमा समर्थन जुट्न थालेपछि विरोधमा उत्रिएका अन्य मन्त्रीसमेत समर्थन गर्न बाध्य भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending