Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

गुटको बिगबिगी मिलाउन पदाधिकारी थप्दै कांग्रेस

\"congrss\"१, साउन, काठमाडौं । आकांक्षी धेरै भएसँगै कांग्रेसमा विधान संसोधन गरेर पदाधिकारी संख्या थप्ने प्रयास भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । तर, सभापति सुशील कोइराला पदाधिकारी थप्न सहमत छन् तर, महाधिवेशन नजिकिए पनि यसबारे औपचारिक छलफल सुरु भएको छैन । कांग्रेस विधानमा सभापतिसहित ६ पदाधिकारीको व्यवस्था छ । उपसभापति, दुई महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदाधिकारी रहने विधानमा व्यवस्था छ । हाल वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि दोस्रो बरियतामा राखिएकाले सात पदाधिकारी छन् । सभापति सुशील कोइरालाले पदाधिकारी संख्या बढाएर १३ जना पुर्‍याउने गरी अनौपचारिक छलफल थालेका छन् । संस्थापनबाट पदाधिकारीका आकांक्षी धेरै भएकाले टिम व्यवस्थापन गर्न कोइरालाले पदाधिकारी संख्या बढाउने मनस्थिति बनाएका हुन् । एक वरिष्ठसहित तीनदेखि पाँचजना उपसभापति, पाँच सहमहामन्त्री रहने गरी विधान संशोधन गर्ने विषयमा कोइरालाले छलफल थालेका छन् । महामन्त्री थप्ने–नथप्ने विषयमा छलफल भए पनि बढाउन नहुने धारणा राखेको संस्थापनतर्फका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार अहिले दुई महामन्त्री हुँदा नै समस्या भएकाले बढाउन नहुने धारणा आएका छन् । केन्द्रीय समिति केन्द्रीय समितिको आकार बढाउनुपर्ने दबाब कांग्रेसमा छ । क्रियाशील सदस्य संख्या बढ्ने भएकाले केन्द्रीय समिति विस्तार गर्नुपर्ने नेताहरूले बताएका छन् । क्रियाशील सदस्यता तीन लाख १७ हजारबाट ६ लाख पुर्‍याउने लक्ष्य कांग्रेसको छ । केन्द्रीय समिति एक सय २५ सदस्यीय बनाउने विषयमा छलफल चलेको छ । हाल कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ । संसदीय समिति टिकट बाँड्ने संसदीय समितिका सदस्यको पनि चुनाव गर्ने गरी विधान संशोधनको माग छ । केन्द्रीय समितिले संसदीय समितिमा आठ सदस्य चयन गर्ने व्यवस्था विधानमा छ । महाधिवेशनबाटै संसदीय समिति सदस्यको चुनाव गर्नुपर्ने पक्षमा अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरू छन् । केन्द्र र जिल्ला सभापतिको कार्यकाल केन्द्रमा सभापतिको कार्यकाल कति भन्ने प्रावधान छैन । जिल्ला सभापतिको भने दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था छ । विधान संशोधन गरेर केन्द्र र जिल्लामा एउटै प्रावधान हुनुपर्ने माग जिल्ला सभापतिहरूले गरेका छन् । खुला सदस्य कांग्रेसमा ८५ सदस्यीय केन्द्रीय समिति छ । सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुन्छन् । निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत हुने व्यवस्था छ । २५ सदस्य महाधिवेशनमा खुलाबाट निर्वाचत हुन्छन् । १४ अञ्चल, महिला, दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिमतर्फबाट ३६ सदस्य निर्वाचित हुन्छन् । सभापतिले २१ सदस्य मनोनीत गर्ने व्यवस्था छ । पदाधिकारीसहित केन्द्रीय समिति विस्तार गर्नुपर्ने र खुला सदस्यमा निर्वाचित हुने सदस्य संख्या पनि बढाउनुपर्ने माग कांग्रेसमा छ । केन्द्रीय समिति एक सय २५ सदस्यीय पुर्‍याउने कांग्रेसको तयारी छ । केन्द्रीय समिति विस्तार गरे ४५ सदस्य खुलाबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने नेताहरूको माग छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले महिला, दलितलगायतको प्रतिनिधित्वका लागि देशैभरबाट सदस्य छान्ने नभई जुन समुदायको हो, उसैले छान्न पाउनुपर्ने गरी विधान संशोधनको प्रस्ताव पनि भएको जानकारी दिए । माग धेरै, सम्बोधन के–के गर्ने र ? पदाधिकारी थप्न युवा नेताको दबाब पदाधिकारी संख्या तथा केन्द्रीय समिति विस्तार गरेर नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्ने कांग्रेसका युवा नेताहरू बताउँछन् । क्रियाशील सदस्यता बढेसँगै पदाधिकारी र केन्द्रीय समिति विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ । कांग्रेसले तीन लाखबाट ६ लाख क्रियाशील सदस्य बढाउने लक्ष्य राखेको छ । सामूहिक नेतृत्वको अभ्यास गर्न पनि पद थप्नुपर्ने केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । ‘पार्टीमा क्रियाशील सदस्य तीन लाखबाट सात लाख पुग्दै छन्, त्यसैले केही पद थप गर्नैपर्छ,’ पौडेलले भने, ‘अब नेतालाई अवसर दिँदै भूमिका बढाउन र पार्टीलाई सामूहिक नेतृत्वको प्रणालीमा लग्न पनि संख्या बढाउनुपर्छ । तर, भागबन्डा मिलाउन मात्र यसो हुनुहुन्न ।’ पार्टीलाई क्रियाशील र सुदृढ बनाउन पनि केन्द्रदेखि गाउँतहसम्मका पदको सिर्जना गरिनुपर्ने उनको भनाइ छ । विधान संशोधन प्रक्रिया सुरु भएन कांग्रेसको १३औँ महाधिवेशन सुरु हुन दुई महिना बाँकी छ । कांग्रेसको १३औँ महाधिवेशन २ देखि ५ असोजका लागि तय भएको छ । तर, विधान संशोधन प्रक्रिया भने अघि बढेको छैन । विधान संशोधन गर्न नयाँ समिति बन्नुपर्ने हुन्छ । नयाँ समिति गठन गर्ने कि अघिल्लो समितिबाटै मस्यौदा बनाउने भन्ने तय भएको छैन । यसअघि महामन्त्री कृष्ण सिटौलाको नेतृत्वमा तीन सदस्यीय विधान संशोधन समिति बनेको थियो । महाधिवेशनका लागि यतिवेलासम्म मूल समिति, विधान संशोधन समिति र आर्थिक व्यवस्थापन समिति गठन भइसक्नुपर्ने थियो । तर, क्रियाशील सदस्यता विवादमै नेताहरू अल्झिएका छन् । पर्सा, दोलखा, नुवाकोटमा क्रियाशील सदस्यता विवाद छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending