Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

निर्वस्त्र मसाज गराएपछि ......

१ साउन, काठमाडौ यौन दुव्र्यवहारको आरोपमा नेपालीक्रिकेट टोलीका फिजियो डा. अइजाज बसिर असाई आयरल्यान्डमा पक्राउ परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ हतकडी लगाएर बेलफास्टको स्थानीय अदालत पुर्‍याइएका उनलाई नेपाली टोलीको जमानीमा दुई हजार पाँच सय युरो धरौटी राखेर रिहा गरिएको छ । आयरल्याण्डको वेभ पोर्टल वेलफास्ट टेलिग्राफका अनुसार डा. असाईको धरौटी बुझाउन नेपाली टोलीका टिम लिडर दीपक कोइराला र म्यानेजर छुम्बी लामा अदालत पुगेका थिए । नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष समेत रहेका कोइरालाले टोली नै जमानी बस्ने बताएपछि असाई रिहा भएका हुन । धरौटीमा रिहा भएपनि अदालतले डा.असाइलाई आफुखुसी घुम्न र काम गर्न बन्देज लगाएको छ । अदालत नजिककै होटलमा उनले बस्नुपर्ने प्रारम्भिक फैसला अदालतले गरेको छ । न्यायाधिश जोय राइसले अन्तिम फैसला नभएसम्म असाइलाई अदालत नजिकैको स्ट्राङफोर्ड आर्मस होटलमा राख्नुपर्ने फैसला सुनाएका छन् । १२ अगस्टमा उनीमाथिको अभियोगबारे फैसला हुनेछ । अदालतले तोकेको होटेलमा रहुन्जेल असाईले घटनाका प्रत्यक्षदर्शी कसैसँग पनि भेट्न पाउने छैनन् । हप्तामा तीनपटक प्रहरी कार्यलय पुगेर हाजिरी गर्नुपर्नेछ । असाईको पासपोर्ट स्थानीय प्रहरीले राख्नेछ । क्यानले गर्‍यो बर्खास्त अन्तर्राष्ट्रिय मिडियामा डा.असाई पक्राउ परेको समाचार आएपछि नेपाल क्रिकेट संघले बिहीबारदेखि नै लागू हुने गरी उनलाई बर्खास्त गरेको छ । ‘हामीलाई जानकारी आएपछि आजकै दिनदेखि लागू हुने गरी फिजियो डा. असाईलाई हटाएका छौँ,’ संघका महासचिव उत्तम कर्माचार्यले नयाँ पत्रिकासँग भने । असाईले नेपालको नाम बदनाम गरेको उनले बताए । बिहीबारै नेपाली टोली पुवुवा न्युगिनी र जर्सीविरुद्ध प्रतिस्पर्धा गर्न स्कटल्यान्ड गइसक्यो । घटना यस्तो थियो नेपाली टोली बसेको ला मोन होटेलमा डा. असाईले मसाज गराएका थिए । मसाज गर्ने महिलाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी गरेपछि प्रहरीले असाईलाई होटेलबाटै हतकडी लगाएर अदालत पुर्‍यायो । महिलालाई डा. असाईले दुव्र्यवहार गरेको बेलफास्ट टेलिग्राफ अनलाइनले जनाएको छ । पछि होटेल म्यानेजरकै अगाडि उनले ती महिलासँग माफी माग्दै १० युरो टिप्स पनि दिएका थिए । तर, ती महिलाले माफी दिन मानिनन्, टिप्स पनि लिइनन् । डा. असाईले मसाज गर्दा होटेलको नियमसमेत पालना नगरेको टेलिग्राफले लेखेको छ । नियमअनुसार मसाज गर्दा भित्री वस्त्र लगाउनुपर्छ । तर, उनी निर्वस्त्र सुतेका थिए । ‘डा= असाईले महिलालाई पूरै शरीर मसाज गर्न लगाए, यस क्रममा उनले भित्री वस्त्र पनि लगाएनन्,’ टेलिग्राफले लेखेको छ । अब मुद्दा अदालतमा पुगेको छ .
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending