Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

मस्यौदा जलाउँदा प्रहरी रमिते बने

२ साउन, काठमाडौं । संघीय लिम्बूवान पार्टी नेपालले अरुण पूर्वका नौ जिल्लामा दलहरुबीच भएको १६ बुँदे सहमति र संविधानको खाका जलाएको छ । लिम्बूवानले मस्यौदा जलाउँदा मोरङको उर्लाबारीमा प्रहरी प्रशासन रमिते बन्यो । अन्नपूर्ण पोष्टमा खबर छ संविधानको मस्यौदा जलाउँदा प्रहरीले हाँसेर रमिता हेरे । इलाका प्रहरी कार्यालउ उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीको कमाण्डमा २० जना प्रहरी खटिएपनि प्रहरीले रमिता हेर्नुबाहेक उनीहरुले केही गरेनन् । लिम्बूवानले पूर्व घोषित जानकारीअनुसार अरुण पूर्वका नौ जिल्लाका प्रमुख चौकमा संविधानको मस्यौदा जलाएका थिए । सुनसरीको धरानमा पत्रकार सम्मेलन गरी लिम्बूवानले आन्दोलन सार्वजनिक गरेको थियो । लिम्बूवानले साउन २ गते नौ जिल्लामा कालो झण्डा प्रदर्शन गर्ने, साउन ३ गते मसाल जुलुस प्रदर्शन र साउन ४ र ५ गते संविधानको मस्यौदा सुझाब संकलन टोलीलाई विरोधपत्र बुझाउने कार्यक्रम राखेको संघीय लिम्बूवान पार्टीका उर्लाबारी नगर अध्यक्ष बरुण लाबुङले जानकारी दिए । अरुण पूर्वका नौ जिल्लालाई संबिधानबाटै स्वायत लिम्बुवान राज्य घोषणा गर्नुपर्ने र दलहरुबीच भएको १६ बुँदे सहमति खारेज गर्नु पर्ने मागसहित आन्दोलन थालिएको संघीय लिम्बूवान पार्टीका केन्द्रीय उपाध्यक्ष बाङगाई धिमालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE