Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पिच गरिएको सडक तीन दिनमै उप्कियो

\"kalopatre\"२ साउन, काठमाडौं । बजेट सक्न हतारमा गरिएको कालोपत्रे तीन दिनमै उप्किएको छ । जनआन्दोलनका सहिद वासुदेव घिमिरेको स्मृतिमा कलंकीको बाबा पेट्रोल पम्पदेखि कीर्तिपुर जोड्ने सडकको नाम वासु स्मृति सडक राखिएको थियो । तर, गाडी गुड्ने गरी सरकारी बजेट प्रयोग गरेर कालोपत्रे गरिएको सडक तीन दिनमा हिँड्नसमेत गाह्रो हुने गरी बगरमा परिणत भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ सो सडकमा २७ र २८ असारमा कालोपत्रे गरिएको थियो । दुई दिनपछि परेको पानीले सडकको कालोपत्रे सबै बगाएको स्थानीय बासिन्दाले बताएका छन् । सडक विभागले वासु स्मृति मार्गमा कालोपत्रे गर्न जय दुर्गा कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । आर्थिक वर्ष ०७१र७२ को अन्त्यमा बजेट सक्न गुणस्तरहीन काम भएको हो । स्थानीयले कालोपत्रे गर्नुअघि सडकमा आवश्यक ग्राभेल राख्न तथा पानीको निकास बनाउन आग्रह गरेका थिए । तर, ठेकेदार कम्पनीले जबर्जस्ती कालोपत्रे गर्न लागेपछि स्थानीयले अवरोधसमेत गर्न खोजेका थिए । तर, ठेकेदार कम्पनीले जबर्जस्ती कालोपत्रे गरेको थियो । ‘ग्राभेलसहितको आवश्यक मर्मतपछि मात्र कालोपत्रे गर्न भन्यौँ । तर, ठेकेदार कम्पनीले अटेर गर्‍यो । हामीले अवरोध नै गर्न खोज्यौँ । उल्टै ठेकेदार कम्पनीले दबाब दियो,’ स्थानीय रामचन्द्र अधिकारीले भने, ‘अन्ततः ठेकेदारका सामु स्थानीयको केही चलेन, कालोपत्रे गरिछाडे । अहिले गुणस्तरहीन कालोपत्रे कुचोले बढारेजस्तै पानीले बगाएर एक ठाउँमा गएर थुप्रिएको छ ।’ स्थानीयका अनुसार वासु स्मृति मार्ग कलंकी चोक–कीर्तिपुर जोड्ने सबैभन्दा छोटो सडक हो । सडकको तीन सय मिटर भागमा कालोपत्रे गरिएको थियो । तर, अहिले सडकमा खोल्सो परेको छ भने सडकको विभिन्न ठाउँमा आहाल छ । कालोपत्रे सोहोरिएर सडकको होचो भागमा थुप्रिएको छ । सडक अग्लो–होचोसमेत भएको छ । ‘एक इन्च पनि कालोपत्रे छैन । बिस्कुन छरेजस्तै सडकमा कालोपत्रे छरेर दायाँबायाँ मिलाएर ठेकेदार गए । राम्रोसँग रोलरसमेत लगाइएन,’ स्थानीय कमल गिरीले उप्किएको कालोपत्रे देखाउँदै भने, ‘यस्तो सडक नभत्किए कस्तो भत्किन्छ ? ठेकेदारलाई कारबाही गर्नुपर्छ । सरकार कहाँ छ ?’ ०६२र६३ का सहिद वासुदेव घिमिरेको स्मृतिमा कलंकी बाबा पेट्रोलपम्पदेखि कीर्तिपुर जोड्ने सो सडकको नाम वासु स्मृति मार्ग राखिएको थियो । सडक विभागले पानी जाने उपयुक्त स्थान नभएकाले कालोपत्रे उप्किएको दाबी गरेको छ । ‘पानी जाने उपयुक्त ठाउँ छैन । ढल खन्ने जग्गाको पनि अभाव छ । पानी सडकमै बग्नुपर्ने अवस्था छ । यही भएर उप्किएको हुनसक्छ,’ विभागका प्रवक्ता उमेश झाले भने, ‘यो हाम्रो रनिङ ठेक्का हो । अरू काम हुँदै छ । उप्किएको ठाउँ टालिन्छ । ठेक्का पनि त्यति ठूलो परिमाणको होइन । सम्बन्धित निकायलाई पनि भनिसकिएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending