Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

यस्ताे छ संघीयताकाे नामांकन र सीमांकन टुंग्याउने बाबुराम भट्टराई सूत्र

\"Baburam_Bhattarai\"२ साउन, काठमाडौं । संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले अधिकतम सहमतिको संविधान जारी गर्न एक दिन पनि ढिला गर्न नहुने बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ संविधानको प्रारम्भिक मस्यौदामाथि जनताका सुझाव संकलनका बेला दलहरुबीच प्रदेशको सीमासहितका बाँकी विवाद समाधान गर्न सकिने उल्लेख गर्दै भट्टराईले पहिलो संविधानसभा र संवाद समितिमा भएका पूर्व सहमति विपरित मस्यौदामा आएका विषय समेत सच्याउनुपर्ने बताएका छन् । सिंहदरवार परिसरमा शुक्रबार संवाददाताहरुसँगको कुराकानीमा भट्टराईले प्रदेशको सीमा निर्धारण सहित सहमति हुँन बाँकी विषय टुग्याउने विषयमा प्रमुख दलका नेताहरुले पहल कदमी गर्नुपर्ने बताएका हुन् । ‘सकेसम्म सबै विषय टुग्याएर संविधान जारी गर्नुपर्छ । प्रदेशको सिमालाई पनि टुग्याउन सकिन्छ,’ उनले भने– ‘तर सहमति निर्माणका लागि विगतमा ७, ८ वर्ष वितेकाले फेरि अनावश्यक समय लिनुहुन्न । संविधान जारी गर्न एक दिन, एक घन्टा पनि ढिलाई गर्नु हुदैन ।’ सत्तारुढ कांग्रेस–एमालले विगतमा अघि सारेको सात प्रदेशको नक्सा सहितको प्रस्ताव र एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाले प्रस्ताव गरेको दश प्रदेशको सीमा सहितको नक्सालाई एकै ठाउँमा राख्दा केही घन्टामानै आठ प्रदेशको सीमा निर्धारण हुन सक्ने उनले बताए । एमाओवादी सहित प्रमुख चार दलले गरेको १६ बुँदे राजनीतिक सहमति अनुसार संविधानको पारम्भिक मस्यौदामा भने संविधान जारी भएको ६ महिना भित्र सरकारले गठन गर्ने संघीय आयोगको सिफारिसमा रुपान्तरित संसदको दुई तिहाईले प्रदेशको सीमा सम्बन्धी निर्णय गर्ने उल्लेख छ । ‘‘१६ बुँदे सहमतिमा असहमत पक्षलाई समेत समेटेर अधिकतम सहमति निर्माणको प्रयास गर्नुपर्छ,’ उनले भने । मस्यौदामा उल्लिखित नागरिकता, मौलिक हक र समोवसी प्रतिनिधित्व सम्बन्धी प्रावधान पूर्व सहमति अनुरुप नआएकाले संवाद समिति मार्फत सच्याउनुपर्ने उनको प्रस्ताव छ । ‘मस्यौदा भएका कमजोरी सच्याउने सच्याउने ठाउँ संवाद समिति हो । ‘संवाद समितिलाई प्राप्त हुने अन्तिम अवसरको सदुपयोग गर्नु पर्छ,’ उनले भने– ‘मस्यौदा समितिले अनधिकृत र असावधानीवस उल्ट्याएका पूर्व सहमतिका विषयलाई पहिलेकै ठाउँमा ल्याउनुको विकल्प छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending