Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

ओलीले चाहेमा सीमांकन

३ साउन, काठमाडौं । ‘हामीलाई सीमांकन गर्न अहिले पनि केही आपत्ति छैन’, संविधान प्रक्रिया टुंग्याउन पछिल्लो समय सक्रिय मन्त्री महेश आचार्यले भने, ‘तर संघीयताबारे अझै द्विविधा राखिरहेको पक्षले सीमांकन गर्न ढिलाइ गरिरहेको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनी अन्तरिम संविधानले नै मार्गनिर्देशन गरिसक्दा पनि अझै कसले द्विविधा राखिरहेको होला ? यो जिज्ञासाको प्रस्ट जवाफ मन्त्री आचार्यले दिन मानेनन्, तर उनको घुमाउरो संकेत सत्तारू एमालेका अध्यक्ष केपी ओली र कांग्रेसकै केही नेताप्रति थियो । अझ ती नेता, जसले पछिल्लो समय सीमांकनका कारण सर्वाधिक विवादित पाँच जिल्ला रहेका विकास क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । यदि एमाले अध्यक्ष केपी ओली र ‘ती नेताहरू’ तयार भए एमाओवादी र केही मधेसवादी दललाई सीमांकनबारे मनाउन खासै गाह्रो नभएको मन्त्री आचार्यको संकेत थियो ।
अहिल्यै सीमांकन टुंग्याउन थाल्दा आफ्नो सत्तारोहण ढिलाइ हूँदै अन्ततः प्रधानमन्त्री नहुनसमेत सक्ने ओलीको आँकलन छ
कांग्रेस–एमालेको सीमांकन प्रस्तावमा एमाओवादी आफ्ना फरक मतसहित सहमत हुन सक्ने आचार्यले बताए । एमाओवादी सीमांकनमा सहमतिमा आउन सक्ने सम्भावनाबारे केही पृष्ठभूमि छन् । २०६९ जेठ २ गते ११ प्रदेश सीमांकन गर्न मानिसकेको एमाओवादी आफ्नै पार्टीभित्र उठेको चर्को विरोध झेल्न नसकी सर्वदलीय निर्णयबाट पछि हटेको थियो । दोस्रो संविधानसभा चुनावमा भारी पराजयसँगै अब एमाओवादी थप क्षति भोग्न चाहँदैन भन्ने दृष्टान्त नेताहरूका पछिल्ला अभिव्यक्ति हुन् । अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला दिनमा पटक–पटक दोहोर्‍याइरहेकै भनाइ भ्रातृ संगठन अखिल क्रान्तिकारीको एक कार्यक्रममा पनि दोहोर्‍याए, ‘संघीयता र पहिचान भन्दाभन्दै पार्टीको साइज घटेर ११ प्रदेशबाट हामी सीमांकनबिनाका आठ प्रदेशमा झरिसक्यौं । अझै ढिला गर्ने हो भने यो उपलब्धि पनि गुम्छ ।’ सीमांकन टुंग्याएर संविधान जारी गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालालाई पनि हतारो देखिन्छ । सीमांकनसहित संविधान ल्याउँदा आफ्नो बहिर्गमन उपलब्धिमूलक हुने विश्वासमा उनी छन् । उनीनिकट मन्त्रीहरूले समेत त्यही सल्लाह दिइरहेका छन् । यी सबै गतिविधिबीच सीमांकन हुन नसक्नुको पछाडि ओली किन कारक भइरहेका छन् त ? किनकि, अहिल्यै सीमांकन टुंग्याउन थाल्दा आफ्नो सत्तारोहण ढिलाइ हूँदै अन्ततः प्रधानमन्त्री नहुनसमेत सक्ने ओलीको आँकलन छ । संविधान जारी भइसकेपछि सीमांकन टुंग्याउन आफ्नो सत्तारोहणलाई कार्डका रूपमा उनले अघि सार्न सक्ने एमालेकै नेतृत्व वृत्त बताउँछ । एमाले नेता माधवकुमार नेपालले कान्तिपुरसँग कुरा गर्दै सीमांकनको छलफल विवादमा परिणत भए संविधान निर्माण अझ पछि धकेलिन सक्ने खतरा औंल्याए । ‘म पनि सीमांकन टुंग्याएरै संविधान जारी गरौं भन्ने पक्षमा छु, त्यसो गर्दा सर्वोच्च अदालतको फैसलाको सम्मान र जनताको आकांक्षा पनि सम्बोधन हुन सक्छ,’ नेपालले भने, ‘तर पछिल्ला दिनमा भइरहेका सीमांकनका जोड हेर्दाचाहिँ संविधान बनाउनेभन्दा नबनाउनेतिर लक्षित छन् कि भन्ने अनुभूति हुन थालेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending