Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

प्रहरीमा मिलापत्र गरेको एक घण्टामै श्रीमतीको हत्या

३ साउन, काठमाडौं । बारम्बार फोन आएको विषयलाई लिएर भएको विवादमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । सिराहा घर भएका जाबिर अन्सारीले बिहीबार भक्तपुरमा श्रीमती साहादाजी खातुनको हत्या गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ आपसी झगडा भएपछि बिहीबार बेलुका उनीहरू बालकोट प्रहरी प्रभागमा मिलापत्र गरेर घर फर्किएका थिए । फर्कने क्रममा श्रीमतीको मोबाइलमा अन्य युवकको फोन आएको भन्दै अन्सारीले बाटोमै श्रीमतीको हत्या गरेर हनुमन्ते खोलामा फालेका थिए । प्रहरीले शुक्रबार अन्सारीलाई पक्राउ गरेको छ । हत्यापछि कालोपुलस्थित भाउजूको डेरामा लुकेका उनलाई त्यहीँबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रीमतीको मोबाइलमा बारम्बार फोन आउने र त्यही विषयमा सधैँ उनीहरूबीच झगडा हुँदै आएको थियो । पक्राउ परेका अन्सारीले आफूले श्रीमतीको हत्या गरेर फालेको स्विकारेका छन् । महानगरीय प्रहरी वृत्त सानोठिमीका डिएसपी भीमकिरण बोगटीका अनुसार शव फाल्न सहयोग गरेकी उनकी भाउजू सुनसरी घर भएकी मनिका चौधरीसमेत पक्राउ परेकी छिन् । खातुनको शव खोलाछेउमा शुक्रबार भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । महानगरीय अपराध महाशाखा टेकु र ठिमी वृत्तले संयुक्त रूपमा अनुसन्धान गरी अन्सारीलाई दुई दिनभित्रै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले दुई वर्षअघि मात्र भागीविवाह गरेका थिए । उनीहरू बालकोटस्थित पाथीभरा ब्याग उद्योगमा काम गर्दै आएका थिए । दुवैजना सोही उद्योग परिसरमा रहेको कोठामा बस्दै आएका थिए । प्रहरीका अनुसार अन्सारी २० वर्षका थिए भने खातुन ३० वर्षकी थिइन् । उमेरअन्तर धेरै भएकाले पनि उनीहरूबीचको सम्बन्ध राम्रो थिएन । खातुनको मोबाइलमा विभिन्न युवकको बारम्बार फोन आउने गरेको विषयमा पनि झगडा हँुदै आएको थियो । सिराहाको भदैहा माइती भएकी अन्सारीसँग खातुनको तेस्रो बिहे थियो । गत बिहीबार पनि झगडा चर्किएपछि उनीहरू बालकोटस्थित प्रहरी चौकीमा गएका थिए । चौकीमा मिलापत्र गरेर दुवैजना घरतर्फ हिँडेका थिए । फर्कने क्रममा खातुनलाई फोन आएपछि फेरि झगडा भएको र खेतमा कुटेर हत्या गरेको अनुसन्धानमा खुलेको छ । डिएसपी बोगटीका अनुसार राति फेरि आएर खोलाको किनारमा शव फालेर अन्सारी भागेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE