Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

प्रचण्डसँग परराष्ट्रमन्त्री रुष्ट

\"Prachanda-with-modi\"३ साउन, काठमाडौं । भारत भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यहाँको उच्च नेतृत्वसँगको भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सहभागी नगराएपछि उच्च राजनीतिक नेतृत्वले पालना गर्नुपर्ने कूटनीतिक आचारसंहिताबारे नेपालमा बहस सुरु भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंहसँग अलगअलग भेटे । तर ती कुनै भेटमा नेपाली राजदूत या दिल्लीस्थित नेपाली नियोगका प्रतिनिधिलाई सहभागी गराएनन् । ‘ती भेटहरूअघि पूर्वप्रधानमन्त्रीज्यूसँग मेरो कुरा भएको थियो । उहाँले शान्तिप्रक्रियासँग जोडिएका कतिपय कुरामा म एक्लै भारतीय नेतृत्वसँग भेट्छु भन्नुभएअनुसार म सहभागी नभएको हुँ’, राजदूत उपाध्यायले नयाँदिल्लीबाट टेलिफोनमा भने । उपाध्यायले नेपालका राजनीतिक नेताहरूमा बिस्तारै सुधार आउन सक्ने भन्दै व्यंग्यसमेत कसे । सबै उच्चस्तरीय भेटमा दाहाल पत्नी सीता भने सहभागी थिइन् । उच्च भेटमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव एस जयशंकर, काठमाडौंस्थित भारतीय राजदूत रन्जित रे, भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुरलगायत भारत सरकारका उच्च पदस्थ अधिकारी सहभागी थिए । भेटहरूपछि दाहालले राजदूत उपाध्यायसँग भेटबारे सामान्य चर्चा गरेका थिए । उपाध्यायका अनुसार दाहालले उच्च नेताहरूसँगको भेटपछि आफूलाई असहज भएको बताएका थिए । ‘सबै भारतीय अधिकारीहरू भेटहरूमा सबै बस्ने तर हाम्रो तर्फबाट म एक्लै बस्दा मलाई अप्ठ्यारो महसुस भयो,’ प्रचण्डलाई उद्धृत गर्दै उपाध्यायले भने । प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेताहरू केसी त्यागी, शरद यादव, डीपी त्रिपाठीलगायतसँगका भेटमा भने राजदूत उपाध्यायलाई सहभागी गराए । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एमाओवादी अध्यक्ष दाहालले दिल्लीका उच्च भेटमा राजदूत उपाध्यायलाई सहभागी नगराएकामा आक्रोश पोखे । काठमाडौंमा पत्रकारहरूसँग परराष्ट्रमन्त्री पाण्डेले भने, ‘अर्को मुलुकमा गएर त्यहाँको कूटनीतिक परम्परा पूरै पालना गरेर भेटघाट गर्न हाम्रा नेताले मुलुकभित्रचाहिँ कूटनीतिक मर्यादाको ख्याल नगर्ने प्रवृत्ति ठीक होइन ।’ पाण्डेले कूटनीतिक मर्यादा सबैभन्दा धेरै राजनीतिक नेतृत्वले मिचेको बताए । दिल्लीस्थित नेपाली दूतावासले प्रचण्डको मंगलबार सुरु भएको भ्रमण कार्यक्रमको जानकारी सोमबार राति फ्याक्समार्फत पाएको थियो । भ्रमणबारे दाहालले परराष्ट्रलाई लिखित जानकारी भने गराएका थिए । राजदूत उपाध्यायलाई भारतीय विदेशमन्त्रीसँगको बैठकपछि लन्चमा मात्र बोलाइएको थियो । राष्ट्रपति, प्रधानमन्त्रीदेखि कुनै पनि राजनीतिक दल र सार्वजनिक पद धारण गरेका व्यक्तिले कूटनीतिक आचारसंहिता अनिवार्य रूपमा पालना गनुपर्छ,’ परराष्ट्रमन्त्री पाण्डेले भने । कूटनीतिक मर्यादाविपरीत अहिले पनि राजनीतिक नेतृत्वले विदेशी राजदूत र कूटनीतिक प्रतिनिधिहरूलाई भेटिरहेकोमा मन्त्री पाण्डेले रोष व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending