Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

नेपाल टुक्राएर नयाँ देश बनाउने अमरेशको चेतावनी

\"amresh\"३ साउन, काठमाडौं । कांंग्रेसका नेता एवम् सभासद् अमरेशकुमार सिंहले चार दलले अहिले ल्याएकै मस्यौदाले संविधान बने देश टुक्रिने चेतावनी दिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ वीरगन्जमा शनिवार आयोजित ‘मधेश र संविधानको मस्यौदा’ मन्थन कार्यक्रममा सत्तारुढ दल कांंग्रेसकै नेता सिंहले यस्तो चेतावनी दिएका हुन् । ‘यही मस्यौदाका आधारमा संविधान बन्यो भने निश्चितरुपमा देश टुक्रिन्छ’, उनले भने, ‘नेपालबाट छुटटै नयाँ राष्ट्रको जन्म हुन्छ ।’ मधेशका नेताले भने देश टुक्रेको हेर्न नचाहेको उनको जिकिर थियो । ‘यस्तो कदापि चाहेका छैनौ’, उनले थपे, ‘राज्यसत्तामा रहेका शासक वर्गले नै मुलुकलाई विखण्डनको खाडलमा धकेलिरहेका छन् ।’ उनले अब मधेशका नेताहरुले काठमाडौं र मधेशबीचको सम्बन्ध तोड्ने बेला आइसकेको बताए । ‘शासकहरुले सधै मधेशीलाइ विखण्डनवादीको आरोप लगाउछन्’, उनले भने, ‘यस्तै रवैया रहिरहने हो भने मधेशमा १० सिके राउत जन्मिछन् ।’ भुटानबाट नेपालीभाषी लखेटिएजस्तै मधेसबाट मधेसीहरु लखेटिने खतरा बढेको दाबी गरे । ‘जसरी भुटानबाट सबै नेपाली भाषी लखेटिनु प¥यो, त्यसैगरी मधेसीहरु पनि मधेस छाडेर भाग्नुपर्ने दिन आउदैछ’, उनले भने, ‘त्यसैले अहिलेको मस्यौदाको विरोधमा सबै मधेसी सडकमा आउनु जरुरी छ ।’ सिंहले चार नेताले राजनीतिक स्वार्थपूर्तिका लागि हतारमा मधेसविरोधी संविधान जारी गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए । चार दलले गरेको १६ बुँदे सहमति मधेसविरोधी रहेको उनको भनाइ थियो । ‘मधेसविरोधी १६ बुँदे सहमतिको आधारमा ल्याइएको मस्यौदा पनि मधेसी, संघीयता, समावेशीता र अन्तरिम संविधान विरोधी छ’, उनले भने, ‘अहिलेको मस्यौदा चार दलका नेतालाई राजा बनाउने नियतले ल्याइएको छ ।’ ‘चार दलका चार नेताले सार्वभौम संविधानसभालाई रबर स्टाम्प बनाए’, उनले भने, ‘यदि चार नेताले मात्रै संविधान बनाउने हो भने अर्बौको खर्च गरेर दुई पटक संविधानसभाको चुनाव किन गरियो त ?’ मस्यौदाले भारतसँगको सम्बन्ध विगार्यो कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मस्यौदाले नेपाल भारतबीचको सदियौँदेखिको रोटीबेटीको सम्बन्धमा पर्खाल लगाउने काम गरेको बताए । चार नेताले आफुलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख बनाउने योजनाअनुसार हतार हतारमा मधेसविरोधी संविधान जारी गर्ने षडयन्त्र गरिरहेको उनको आरोप थियो । मस्यौदामाथि संकलन गर्न लागिएको नागरिकको रायसुझाव नौटंकी मात्र भएको उनको भनाइ थियो । ‘जनताको राय सुझाव बोरामा पोको पारेर यिनीहरुले मिल्काउँछन्’, उनले भने, ‘चार जना नेताको स्वार्थपुर्तिका लागि तीन करोड नेपाली जनताको भविष्यसँग खेलबाड गर्न पाइँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending