Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

संविधानको मस्यौदाप्रति सेनाको आपत्ति

४ साउन, काठमाडौं । सेना परिचालनको दायित्व बोकेको सुरक्षा परिषद्मा सेनालाई प्रतिनिधित्वबिहीन बनाउने संविधानको मस्यौदा आफूलाई मान्य नहुने अडान नेपाली सेनाले लिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ सैनिक मुख्यालयमा उच्च पदस्थ सैनिक अधिकारीसँगको परामर्शपछि आइतबार प्रधानसेनापति गौरवशमशेर राणाले सेनाको आपत्ति परमाधिपतिसमेत रहेका राष्ट्रपति डा. रामवरण यादवसमक्ष लिखित रुपमा प्रस्तुत गरेका हुन्। राष्ट्रपति यादवले सेनाको आपत्ति र सुझाव प्रधानमन्त्री सुशील कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्बाङसमक्ष पुर्‍याउने आश्वासन दिएका छन्। धानसेनापति राष्ट्रिय सुरक्षा परिषद्को सदस्य हुन नपाउने संविधान मस्यौदाको प्रावधानप्रति रुष्ट बनेको सेनाले सुझावमा उक्त प्रावधान सच्याउन जोड गरेको छ। सेनाले प्रधानसेनापति सुरक्षा परिषद्को सदस्य हुन नपाउने प्रावधान अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत हुने स्पष्ट पारेको छ। प्रधानसेनापतिले मस्यौदामा रहेको प्रावधानप्रति असन्तुष्टि जनाउँदै शनिबार प्रधानमन्त्री सुशील कोइरालालाई पनि सुझाव बुझाएका थिए। संविधानको मस्यौदा निर्माणका क्रममा सुरक्षा परिषद्को सदस्यमा प्रधानसेनापतिलाई नराख्ने निर्णय गर्नु ‘त्रुटिपूर्ण’ भएको सेनाको सुझावमा उल्लेख छ । यसबारे विस्तृत छलफल गर्न सैनिक मुख्यालयले सोमबार पृतनापतिहरूको बैठक पनि डाकेको छ। राष्ट्रपति यादवले सेनाको आपत्ति र सुझाव प्रधानमन्त्री सुशील कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्बाङसमक्ष पुर्‍याउने आश्वासन दिएका छन्। ‘परिषद्बाट प्रधानसेनापतिलाई हटाउने प्रावधानप्रति सैनिक मुख्यालय गम्भीर बनेको छ’ एक उच्च सैनिक अधिकारीले भने, ‘लोकतान्त्रिक बनाउने नाममा सेनालाई कमजोर बनाउने कोसिस हँदैछ, त्यसले राम्रो सन्देश दिँदैन।’ प्रधानसेनापतिलाई परिषद् सदस्य नराख्दा राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति निर्माण गर्न र सेना परिचालन, नियन्त्रण तथा व्यवस्थापनमा कठिनाइ हुने सेनाको भनाइ छ। मस्यौदाको धारा २६१ मा उल्लेखित राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी व्यवस्थामा प्रधानसेनापतिका लागि कुनै भूमिका छैन। मस्यौदामा प्रधानमन्त्रीको अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री सदस्य रहने तथा रक्षा मन्त्रालयका सचिव परिषद्को सचिव हुने प्रावधान छ।सेनाले बुझाएको सुझावमा सुरक्षा परिषद्मा प्रधानसेनापतिलाई सदस्य राख्नुपर्ने, सैनिक भर्ना छनोट प्रक्रिया सैनिक ऐनअनुसार नै हुनुपर्ने, प्रधानसेनापतिको नियुक्ति र बर्खास्ती मन्त्रिपरिषद्को सिफारिसबाट मात्र हुनुपर्ने र सैनिक ऐनअनुसार कारबाही भोगिसकेका सैनिक अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धान र कारबाही गर्न नपाउने उल्लेख छ। राष्ट्रपतिले सोझै प्रधानसेनापति नियुक्ति र बर्खास्ती गर्दा राजनीतिक चरित्रसमेत पैदा हुन सक्ने भएकाले मन्त्रिपरिषद्को सिफारिसबाट मात्रै नियुक्ति र बर्खास्ती हुनुपर्ने सेनाको सुझाव छ।नेपाली सेनाले केही दिनअघि अवकाशप्राप्त तथा बहालवाला सैनिक अधिकारीको भेला गरी संविधानको मस्यौदामा उल्लेख भएका सेनासम्बन्धी प्रावधानका बारेमा छलफल गरी सुझाव लिएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending