Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नेपालको टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता गुम्यो

४ साउन, काठमाडौं । टीट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा कमजोर प्रदर्शनसँगै नेपालको टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता गुमेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ विश्वकप छनोट यात्रा समाप्त भएसँगै नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पनि गुमाएको हो। यद्यपि नेपाल आईसीसीको मुख्य वरीयतामा भने रहिरहनेछ। आईसीसीले नेपाललाई सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपपछि उत्कृष्ट प्रदर्शनका आधारमा टीटे्वेन्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता नभई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पाउने नेपाल र नेदरल्यान्ड्स दुई टोलीमात्र हुन्। एकदिवसीय मान्यता पाउने कुल ६ एसोसिएट टोली सबैसँग टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता पनि स्वतः हुने गर्छ। ‘आईसीसीले टीट्वेन्टी विश्वकप प्रतियोगितामा छनोट हुने टोलीलाई मात्र टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता दिने भनेकाले हाम्रो मान्यता स्वत रद्द भएको छ’ नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले भने। आयरल्यान्ड र स्कटल्यान्डमा आयोजना भइरहेको टीट्वेन्टी विश्वकप छनोट प्रतियोगितामा नेपाल समूहगत चरणबाटै बाहिरिएको छ। नेपाली टोली समूहको सातौं तथा अन्तिम स्थानमा रहेको थियो। समूहका शीर्ष चार टोलीको विश्वकप खेल्ने सम्भावना रहने भए पनि नेपालले पहिलो चरणमा एउटा मात्र खेल जित्न सक्यो। नेपाल दुई वर्षअघि आयोजित विश्वकप छनोटमा भने तेस्रो भएको थियो। १४ टोली सहभागी जारी छनोट प्रतियोगिताबाट ६ टोली विश्वकप पुग्ने प्रावधान थियो। आईसीसीले नेपाललाई सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकपपछि उत्कृष्ट प्रदर्शनका आधारमा टीटे्वेन्टी अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक महासचिव उत्तम कर्माचार्यले नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय गुमाएको सम्बन्धमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए । ‘हामीलाई दुई वर्षका लागि टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिइएको थियो। ‘भर्खरै एक वर्षमात्र भएको छ। अन्य जानकारी मसँग छैन’ उनले भने । नेपालका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर विनयकुमार झा पनि नेपालको टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता गुमेको बताउँछन्। ‘हामीसँग एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता छैन। त्यसैले टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता कायम रहन नेपाल विश्वकपमा छनोट हुनुपर्थ्यो’ झाले भने। एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता भने चार वर्षको हुन्छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending