Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

हिंसा र तनावबीच मस्‍यौदामा सुझाव

५ साउन, काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामाथि रायसुझाव संकलनका क्रममा सोमबार दर्जनभन्दा बढी जिल्लामा भएको हिंसात्मक प्रतिरोधमा सुरक्षाकर्मीले हस्तक्षेप गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र मस्यौदा समितिका अध्यक्ष कृष्ण सिटौलाामाथि आक्रोशित भीडले रौतहट, सिरहा र झापामा उग्र विरोध प्रदर्शन गरेपछि सुरक्षाकर्मीले आक्रामक बचाउ गर्नुपरेको थियो। करिब दुई घन्टा आक्रोशित भीडको बीचमा परेका नेपाललाई अश्रुग्यास र हवाई फायर अनि लाठी प्रयोग गरी प्रहरीले उद्धार गरेको थियो भने दाहाललाई प्रहरीले सुरक्षा छाता प्रदान गरी भीडबाट बचाएको थियो। सिटौला उपस्थित रहेको झापामा रायसुझाव दिन गएका आमजनतालाई प्रहरीले निर्धारित स्थलमा प्रवेश नदिएपछि झडप भएको थियो। अधिकांश ठाउँमा हिन्दु राष्ट्रका पक्षमा रायसुझाव आएका थिए भने मधेस केन्द्रित दलहरूले तराईका जिल्लामा संघीयता र सीमांकनबिना संविधान जारी गर्न नदिने आफ्नो निर्णयअनुसार प्रतिरोध अभियान चलाएका थिए। भारत भ्रमणबाट फर्केलगत्तै रायसुझाव संकलनमा सहभागी हुन सिरहा पुगेका एमाओवादी अध्यक्ष प्रचण्डमाथि ढुंगा प्रहार भएपछि उनी कार्यक्रम छोट्याएर फर्केका थिए।भीडसँग प्रहरीको झडप हुँदा जनकपुरमा थुप्रै घाइते भएका छन्। उत्पन्न परिस्थितिपछि जनकपुरमा राय संकलन स्थगन भएको छ । भीड नियन्त्रण गर्न सप्तरीमा प्रहरीले अ श्रुग्यास र हवाई फायरसमेत गर्नुपरेको थियो भने वीरगन्ज, भैरहवा, हेटौंडा, दाङ, पोखरा, नेपालगन्जलगायतका ठाउँमा पनि प्रहरीसँग झडप भएको थियो। प्रहरीले कतिपय ठाउँमा भीड नियन्त्रण गर्न अ श्रुग्यास प्रहार गरेको थियो। धेरैजसो ठाउँमा प्रहरीको कडा सुरक्षा घेराभित्र रायसुझाव संकलन गरिएको छ। काठमाडौंमा केही ठाउँमा मस्यौदाका विपक्षमा प्रदर्शन भएका छन् भने केही ठाउँमा मस्यौदा च्यातिएको छ। पर्याप्त प्रहरी परिचालन गरिएकाले काठमाडौं उपत्यका क्षेत्रमा अप्रिय घटना भने हुन पाएन। सुझाव दिने अधिकांशले धर्म निरपेक्षता शब्द हटाउन माग गरेका थिए। पर्साका पनि अधिकांश कार्यक्रम बिथोलिएका छन् । धनुषाका सातै निर्वाचन क्षेत्रमा सोमबार सुझाव संकलन कार्य स्थगित गरिएको हो। निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत सदरमुकाम जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मधेस अधिकार संरक्षण समिति र सर्वसाधारणले मस्यौदामाथि छलफल गर्न निर्धारण गरिएको कार्यक्रमस्थल उद्योग वाणिज्य संघमा प्रवेश गर्न खोज्दा प्रहरीले रोक लगाएपछि विरोधमा प्रहरीसँग प्रदर्शनकारीको दिनभर झडप भएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending