Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अब भाडाका आमाबाट बच्चा जन्माउन दिने सेवाको तयारी

५ साउन, काठमाडौं । भाडाका आमाबाट सन्तान जन्माउने पद्धति (सेरोगेसी मदर)लाई वैधता दिन सरकारले तयारी गरेको छ । आजको नयाँ पत्रिका देनिका खबर छ सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन् । काठमाडौंका केही निजी अस्पतालले अवैध रूपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयले कार्यविधि बनाउनुको सट्टा केही दिनअघि मात्रै सेवा दिने अस्पतालहरूका लागि मापदण्ड तयार गरेको छ । स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सेरोगेसी मदर)समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड बनाइएको छ । ‘मन्त्रिपरिषद्ले त कार्यविधि बनाउन भनेको थियो । तर, कार्यविधि नभएर मापदण्ड बनाइएको छ । सामान ल्याऊ, पैसा तोक र चलाऊ भनेजस्तै भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘यसले पहिलेदेखि अवैध रूपमा काम गरेका अस्पतालहरूलाई वैध रूपमा गर्ने बाटो खोलिदिएको छ ।’ नेपालमा सेरोगेसी सेवा लिन आएकाहरू अहिलेसम्म अस्ट्रेलिया तथा इजरायलका नागरिक बढी छन् । तर, उनीहरूले ल्याउने भाडाकी आमा भने अधिकांश भारतीय मूलका महिला छन् । स्रोतका अनुसार सेरोगेसी सेवा लिन आउनेहरू एकल पुरुष तथा गेहरू छन् । भारत तथा थाइल्यान्डमा स्थानीय महिलालाई नै प्रयोग गरी विदेशी नागरिकले बच्चा जन्माउन थालेपछि दुरुपयोग भएको भन्दै सेवा बन्द गरिएको छ । नेपालमा पनि आर्थिक प्रलोभनमा पारी महिलालाई कोख भाडामा दिन लालायित गर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । मन्त्रिपरिषद्ले गत असोजमा निर्णय गरेको भए पनि मन्त्रालयले कार्यविधि नबनाउँदासम्म कार्यक्रम अघि नबढ्ने भन्दै सूचना सार्वजनिक गरेको थिएन । मन्त्रालयका सूचना अधिकारी ऋषिराम पंगेनीले सूचना थाहा पाउनुपर्छ भन्दै निवेदन परेपछि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिएको बताए । सेरोगेसी सेवा लिन कति संस्था सम्पर्कमा आएको भन्ने थाहा नभएको बताए । यस्तो छ मापदण्ड सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला ९सेरोगेट मदर० विदेशी हुनुपर्नेछ । उनीहरूले सम्बन्धित अस्पतालको नियमअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । सेरोगेसी सेवा दिने स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियूलगायतका पूर्वाधार हुनुपर्नेछ । के हो सेरोगेसी ? पाठेघरमा बच्चा बस्न नसक्ने अवस्थामा सम्बन्धित महिलाबाट निकालेको डिम्ब र उनको श्रीमान्बाट लिइएको शुक्रकीटबाट कृत्रिम गर्भाधान गरेर भ्रुणको विकास गर्ने गरिन्छ । उक्त भु्रणलाई भाडामा लिइएकी महिलाको पाठेघरमा राखी बच्चा जन्माइन्छ । अस्पतालको प्रत्यक्ष निगरानीमा मात्र यस्तो सेवा सम्भव छ । श्रीमान्–श्रीमती र बच्चा जन्माउने महिलाबीचको सम्झौतामा यो प्रक्रिया अघि बढ्छ । त्यसरी भाडामा कोख दिने महिलालाई सेरोगेसी मदर भनिन्छ । उनीहरूले निश्चित रकम लिएर कोख भाडामा लगाउने गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending