Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अब भाडाका आमाबाट बच्चा जन्माउन दिने सेवाको तयारी

५ साउन, काठमाडौं । भाडाका आमाबाट सन्तान जन्माउने पद्धति (सेरोगेसी मदर)लाई वैधता दिन सरकारले तयारी गरेको छ । आजको नयाँ पत्रिका देनिका खबर छ सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन् । काठमाडौंका केही निजी अस्पतालले अवैध रूपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयले कार्यविधि बनाउनुको सट्टा केही दिनअघि मात्रै सेवा दिने अस्पतालहरूका लागि मापदण्ड तयार गरेको छ । स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सेरोगेसी मदर)समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड बनाइएको छ । ‘मन्त्रिपरिषद्ले त कार्यविधि बनाउन भनेको थियो । तर, कार्यविधि नभएर मापदण्ड बनाइएको छ । सामान ल्याऊ, पैसा तोक र चलाऊ भनेजस्तै भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘यसले पहिलेदेखि अवैध रूपमा काम गरेका अस्पतालहरूलाई वैध रूपमा गर्ने बाटो खोलिदिएको छ ।’ नेपालमा सेरोगेसी सेवा लिन आएकाहरू अहिलेसम्म अस्ट्रेलिया तथा इजरायलका नागरिक बढी छन् । तर, उनीहरूले ल्याउने भाडाकी आमा भने अधिकांश भारतीय मूलका महिला छन् । स्रोतका अनुसार सेरोगेसी सेवा लिन आउनेहरू एकल पुरुष तथा गेहरू छन् । भारत तथा थाइल्यान्डमा स्थानीय महिलालाई नै प्रयोग गरी विदेशी नागरिकले बच्चा जन्माउन थालेपछि दुरुपयोग भएको भन्दै सेवा बन्द गरिएको छ । नेपालमा पनि आर्थिक प्रलोभनमा पारी महिलालाई कोख भाडामा दिन लालायित गर्न सक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । मन्त्रिपरिषद्ले गत असोजमा निर्णय गरेको भए पनि मन्त्रालयले कार्यविधि नबनाउँदासम्म कार्यक्रम अघि नबढ्ने भन्दै सूचना सार्वजनिक गरेको थिएन । मन्त्रालयका सूचना अधिकारी ऋषिराम पंगेनीले सूचना थाहा पाउनुपर्छ भन्दै निवेदन परेपछि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिएको बताए । सेरोगेसी सेवा लिन कति संस्था सम्पर्कमा आएको भन्ने थाहा नभएको बताए । यस्तो छ मापदण्ड सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला ९सेरोगेट मदर० विदेशी हुनुपर्नेछ । उनीहरूले सम्बन्धित अस्पतालको नियमअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । सेरोगेसी सेवा दिने स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियूलगायतका पूर्वाधार हुनुपर्नेछ । के हो सेरोगेसी ? पाठेघरमा बच्चा बस्न नसक्ने अवस्थामा सम्बन्धित महिलाबाट निकालेको डिम्ब र उनको श्रीमान्बाट लिइएको शुक्रकीटबाट कृत्रिम गर्भाधान गरेर भ्रुणको विकास गर्ने गरिन्छ । उक्त भु्रणलाई भाडामा लिइएकी महिलाको पाठेघरमा राखी बच्चा जन्माइन्छ । अस्पतालको प्रत्यक्ष निगरानीमा मात्र यस्तो सेवा सम्भव छ । श्रीमान्–श्रीमती र बच्चा जन्माउने महिलाबीचको सम्झौतामा यो प्रक्रिया अघि बढ्छ । त्यसरी भाडामा कोख दिने महिलालाई सेरोगेसी मदर भनिन्छ । उनीहरूले निश्चित रकम लिएर कोख भाडामा लगाउने गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending