Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

मस्यौदा अनुसारकै संविधान बने नेपाली सेना सकिन्छ : प्रधानसेनापति

५ साउन, काठमाडौं । प्रधानसेनापति गौरवशमशेर राणाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा राजनीतिक घोषणापत्रजस्तो भएको आरोप लगाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ उनले मस्यौदाका प्रावधान हुबहु पारित भए नेपाली सेनाको अस्तित्वसमेत समाप्त हुने दाबी गरेका छन् । जंगी अड्डामा सोमबार आयोजित पृतनापतिहरूको बैठकमा प्रधानसेनापति राणाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा दलहरूको राजनीतिक घोषणापत्र भएको आरोप लगाएका हुन् । राष्ट्रिय सुरक्षालगायतका मामिलामा दलहरूले आफ्ना घोषणापत्र उल्लेख गरेर लम्बेतान बनाएको, तर मस्यौदा संविधानजस्तो नदेखिएको उनको टिप्पणी छ । ‘नयाँ संविधानको मस्यौदा संविधानजस्तो छैन । मस्यौदा राजनीतिक घोषणापत्रभन्दा फरक छैन, प्रतिबद्धतापत्र मात्रै छ । संविधानमै सबै कुरा लेखिसकेपछि कानुन किन चाहियो ? यो ठीक होइन,’ बैठकमा प्रधानसेनापतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सुरक्षासँग सम्बन्धित विषयमा संविधानको मस्यौदा गम्भीर छैन । सेनालाई खुम्च्याउन खोजिएको छ । म त दुई महिनापछि घर जान्छु, तर अहिलेकै मस्यौदा पास भयो भने नेपाली सेनालाई भविष्यमा काम गर्न अप्ठ्यारो हुन्छ ।’ भूकम्पपछि सेनाले सञ्चालन गरेको अपरेसन संकटमोचनको समीक्षाका नाममा बोलाइएको बैठकमा प्रस्तावित संविधान र विद्यमान सुरक्षा अवस्थाले बढी प्राथमिकता पाएको थियो । प्रधानसेनापतिले संविधानको मस्यौदामा रहेको सेनासँग सम्बन्धित विषयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पठाइएको धारणाबारे ब्रिफिङसमेत गरेका थिए । सेनाले सोमबार सभामुख सुवास नेम्वाङलाई संविधानको मस्यौदामा लिखित सुझाब हस्तान्तरण गरेको छ । सुरक्षा जोखिम बढ्यो प्रधानसेनापति गौरवशमशेर राणाले देशमा सुरक्षा जोखिम थपिँदै गएको, तर सरकार तथा राजनीतिक दलले सुरक्षा निकायलाई नै कमजोर बनाउँदै लगेको आरोप लगाएका छन् । मुलुकमा सुरक्षा चुनौती थपिँदै गएका वेला सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच मनमुटाव बढाएर अप्ठ्यारो पारेको पनि उनले बताएका छन् । सैनिक स्रोतका अनुसार प्रधानसेनापति राणाले प्रहरी र सशस्त्रको माथिल्लो तहको विवादले तल्लो तहमा शान्तिसुरक्षा कायम हुन अप्ठ्यारो परिरहेको भन्दै यसलाई सेनाको तल्लो निकायले सतर्कतापूर्वक अनुगमन गर्नुपर्ने बताए । ‘अहिले सुरक्षा चुनौती थपिएको वेला छ । तराईको अवस्था झनै चुनौतीपूर्ण छ । तर, सशस्त्र र नेपाल प्रहरी झगडा गरिरहेका छन्,’ स्रोतका अनुसार बैठकमा अंग्रेजीमा सम्बोधन गर्दै प्रधानसेनापति राणाले भने, ‘माथिको झगडाले तल्लो तहमा दुवै प्रहरीको बीचमा सहकार्य छैन । सूचना आदानप्रदान छैन । उनीहरूले ल एन्ड अर्डर मेन्टेन गर्न सक्ने अवस्था छैन । यो अवस्थामा हाम्रो काँधमा जिम्मेवारी आउँछ । हाम्रो सबै युनिटले सतर्कतापूर्वक परिस्थिति हेर्नुपर्छ र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending