Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सुधारगृह होइन अपराध केन्द्र बन्दै नेपालका जेल

६ साउन, काठमाडाैं । घटना १ : लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय पाएका सन्की भनिने रावणजित तामाङ डेढ वर्षमै जेलबाट छुटे । आफ्नो सट्टामा राजकुमार तामाङलाई उनले पैसा दिएर जेलमा राखेका थिए । तीन साताअघि रावणजितलाई प्रहरीले सुन्धारामा पक्राउ परेपछि यो रहस्य खुल्यो । घटना २ : असल चालचलन भएको भन्दै सरकारले आधा कैद मिनाहा गरेर १५ जेठमा छुटेका निरु गुरुङ १७ असारमा बुटवलमा पक्राउ परे । हतियार देखाई लुटपाट गरेको घटनामा उनी पक्राउ परेका थिए । कैद मिनाहामा छुट्दा धेरै खर्च भएकाले पैसा उठाउन पुनस् चोरीमा लागेको उनले बताएका छन् । उनीसँगै पक्राउ परेका अन्य तीनजना पहिला जेल परेर छुटेका व्यक्ति थिए । घटना ३ : लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय सुनाइएका कैदी पासाङ शेर्पा गत २६ फागुनमा अस्पताल जाने भन्दै प्रहरीलाई नै लिएर जोरपाटीस्थित डेरामा गए । प्रहरीलाई झुक्याएर डेराबाटै फरार भए । डिल्लीबजार कारागारका इन्स्पेक्टर रवीन्द्र रञ्जितकै मिलेमतोमा उनी डेरामा गएको खुलेपछि रञ्जितसमेत जेलमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ जेलभित्र हुने चलखेलका यी पछिल्ला शृङखला हुन् । जेलभित्र हुने चलखेलका कारण जेल सुधारगृह नभई अपराधको केन्द्र बन्दै गएका छन् । जेलभित्रै र छुटेपछि पनि अपराध हुने गरेकाले अपराध नियन्त्रण कठिन हुँदै गएको प्रहरी अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी हेमन्त मल्ल भन्छन्, ‘जेल सुधारगृह होइन, अपराधीको तालिम केन्द्रजस्तो बन्दै गएको छ ।’ जेलभित्रै भेट भएर अपराधीबीच थप नेटवर्किङ हुने र छुटेपछि अझै गम्भीर किसिमका अपराधमा लाग्ने स्थिति देखिएको उनको भनाइ छ । सामान्य अपराधमा जेलमा परेकाहरू जेलबाट छुटेपछि खुंखार अपराधी भएर निस्किएका धेरै उदाहरण छन् । चोरी मुद्दामा जेल परेकाहरू छुटेपछि अपहरणमा लाग्ने गरेका छन् । सामान्य अपराधी र पेसेवर अपराधीलाई जेलमा छुट्टाछुट्टै नराखेसम्म अपराध नियन्त्रण कठिन हुने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल बताउँछन् । ‘जेल करेक्सन सेन्टर बन्न सकेको देखिन्न,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा जेलभित्रैबाट अपराधको योजना बनेको देखिन्छ ।’ जेल स्थानान्तरण गर्दा पनि प्रशासनले ध्यान दिनुपर्ने खनालको भनाइ छ । उनका अनुसार आफूनिकट व्यक्तिहरूसँगै बसेर अपराध योजना बनाई कैदीको जेल स्थानान्तरण गर्ने गरिएको छ । गत फागुनमा जेलबाट अस्पताल जाने भन्दै श्रीमतीलाई भेट्न डेरामा गएका पासाङ शेर्पाले प्रहरीलाई आर्थिक प्रभावमा पारेका थिए । त्यही कारण प्रहरीले उनलाई डेरामा लिएर गएको थियो । यो घटनामा संलग्न इन्स्पेक्टर रवीन्द्र रञ्जित आफैँ जेल परेका छन् । रावणजित लामाको घटनाले पनि जेलभित्र हुने चलखेललाई प्रस्ट पारेको छ । डिल्लीबजार जेलमा रहेका रावणजितले चोरी मुद्दामा धरौटी तिर्न नसक्दा जेल परेका राजकुमारलाई भेटेपछि उनले आर्थिक प्रलोभनमा पारेर आफ्नो सट्टामा जेलमा बस्न लगाएका थिए । उनीहरूले नाम फेरेर केही समय जेल बसेपछि रावणजित राजकुमार हुँ भन्दै छुटेका थिए । रावणजित बनेका राजकुमारलाई भने सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको थियो । यति हुँदा पनि जेल प्रशासनले थाहा पाएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending