Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सुधारगृह होइन अपराध केन्द्र बन्दै नेपालका जेल

६ साउन, काठमाडाैं । घटना १ : लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय पाएका सन्की भनिने रावणजित तामाङ डेढ वर्षमै जेलबाट छुटे । आफ्नो सट्टामा राजकुमार तामाङलाई उनले पैसा दिएर जेलमा राखेका थिए । तीन साताअघि रावणजितलाई प्रहरीले सुन्धारामा पक्राउ परेपछि यो रहस्य खुल्यो । घटना २ : असल चालचलन भएको भन्दै सरकारले आधा कैद मिनाहा गरेर १५ जेठमा छुटेका निरु गुरुङ १७ असारमा बुटवलमा पक्राउ परे । हतियार देखाई लुटपाट गरेको घटनामा उनी पक्राउ परेका थिए । कैद मिनाहामा छुट्दा धेरै खर्च भएकाले पैसा उठाउन पुनस् चोरीमा लागेको उनले बताएका छन् । उनीसँगै पक्राउ परेका अन्य तीनजना पहिला जेल परेर छुटेका व्यक्ति थिए । घटना ३ : लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय सुनाइएका कैदी पासाङ शेर्पा गत २६ फागुनमा अस्पताल जाने भन्दै प्रहरीलाई नै लिएर जोरपाटीस्थित डेरामा गए । प्रहरीलाई झुक्याएर डेराबाटै फरार भए । डिल्लीबजार कारागारका इन्स्पेक्टर रवीन्द्र रञ्जितकै मिलेमतोमा उनी डेरामा गएको खुलेपछि रञ्जितसमेत जेलमा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ जेलभित्र हुने चलखेलका यी पछिल्ला शृङखला हुन् । जेलभित्र हुने चलखेलका कारण जेल सुधारगृह नभई अपराधको केन्द्र बन्दै गएका छन् । जेलभित्रै र छुटेपछि पनि अपराध हुने गरेकाले अपराध नियन्त्रण कठिन हुँदै गएको प्रहरी अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी हेमन्त मल्ल भन्छन्, ‘जेल सुधारगृह होइन, अपराधीको तालिम केन्द्रजस्तो बन्दै गएको छ ।’ जेलभित्रै भेट भएर अपराधीबीच थप नेटवर्किङ हुने र छुटेपछि अझै गम्भीर किसिमका अपराधमा लाग्ने स्थिति देखिएको उनको भनाइ छ । सामान्य अपराधमा जेलमा परेकाहरू जेलबाट छुटेपछि खुंखार अपराधी भएर निस्किएका धेरै उदाहरण छन् । चोरी मुद्दामा जेल परेकाहरू छुटेपछि अपहरणमा लाग्ने गरेका छन् । सामान्य अपराधी र पेसेवर अपराधीलाई जेलमा छुट्टाछुट्टै नराखेसम्म अपराध नियन्त्रण कठिन हुने महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल बताउँछन् । ‘जेल करेक्सन सेन्टर बन्न सकेको देखिन्न,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा जेलभित्रैबाट अपराधको योजना बनेको देखिन्छ ।’ जेल स्थानान्तरण गर्दा पनि प्रशासनले ध्यान दिनुपर्ने खनालको भनाइ छ । उनका अनुसार आफूनिकट व्यक्तिहरूसँगै बसेर अपराध योजना बनाई कैदीको जेल स्थानान्तरण गर्ने गरिएको छ । गत फागुनमा जेलबाट अस्पताल जाने भन्दै श्रीमतीलाई भेट्न डेरामा गएका पासाङ शेर्पाले प्रहरीलाई आर्थिक प्रभावमा पारेका थिए । त्यही कारण प्रहरीले उनलाई डेरामा लिएर गएको थियो । यो घटनामा संलग्न इन्स्पेक्टर रवीन्द्र रञ्जित आफैँ जेल परेका छन् । रावणजित लामाको घटनाले पनि जेलभित्र हुने चलखेललाई प्रस्ट पारेको छ । डिल्लीबजार जेलमा रहेका रावणजितले चोरी मुद्दामा धरौटी तिर्न नसक्दा जेल परेका राजकुमारलाई भेटेपछि उनले आर्थिक प्रलोभनमा पारेर आफ्नो सट्टामा जेलमा बस्न लगाएका थिए । उनीहरूले नाम फेरेर केही समय जेल बसेपछि रावणजित राजकुमार हुँ भन्दै छुटेका थिए । रावणजित बनेका राजकुमारलाई भने सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको थियो । यति हुँदा पनि जेल प्रशासनले थाहा पाएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending