Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

बिपीले जनै खोलामा फालिदिएपछि ........

६ साउन,  काठमाडौं । ०१५ तिरै हो । माघेसंक्रान्तिमा रिडी छेउछाउतिर कालीगण्डकीमा मेला लाग्थ्यो । बिपी पनि त्यो ठूलो मेलामा जानुभयो । तर, नुहाउन लाग्दा उहाँको जिउमा जनै रहेनछ । बाहुनको छोरो, हिन्दूहरूको त्यत्ति ठूलो मेलामा काशीनाथ गौतमहरूले जनै नभए गाह्रो पर्छ भने । त्यतिखेर गोरखा परिषद्को धार्मिक प्रचार थियो– कांग्रेस जात, धर्म केही नमान्ने पार्टी हो । त्यसैलाई यस्तो आरोप पुष्टि हुन्छ भनेर हतार–हतार काशीनाथ गौतमले जनै लगाइदिए । तर, दुई कदम हिँडेपछि बिपीले ‘जुन कुराको मलाई विश्वास नै छैन, देखाउन मात्र जनै लगाउनुहुँदैन’ भनेर जनै खोलामा फालिदिनुभयो । कोइराला परिवारमा नियमित पूजापाठ गर्ने कहिल्यै देखिएन । सुशीला कोइरालाले मात्रै पूजापाठ गर्नुहुन्थ्यो । कोइराला परिवारमा अरूहरूको पूजापाठको संस्कृति नै छैन । तर, हिन्दू धर्म नै नमान्ने, मन्दिर नै नजाने भन्ने होइन । हिन्दू भन्दैमा अहिले पनि सबैले जनै लगाउँदैनन् । जनै लगाउनैपर्छ भन्ने विश्वास बिपीलाई भएन । विश्वास भएको केही हुन्छ भन्ने लागेको भए लगाउनुहुन्थ्यो, तर विश्वास नहुँदा देखाउन मात्रै हुँदैन भनेर लगाउनुभएन । धर्मभन्दा कर्ममा विश्वास गर्नुभयो । बिपीले लेखेअनुसार उहाँका बुबा कृष्णप्रसाद कोइराला धर्मप्रति आस्थावान् हुनुहुन्थ्यो । मोरङमा अहिले भएको काली मन्दिर उहाँले नै स्थापना गर्नुभएको हो । विराटनगरको नाम पनि धार्मिक रूपले उहाँहरूले नै राख्नुभएको हो । महाभारत काण्डमा विराट् राजाको राजधानी थियो भन्ने आधारमा ‘विराटनगर’नाम राखिएको भनिन्छ । दलितहरूसँग बसेर खान नहुने भन्ने थियो, तर बिपीहरूले यसविरुद्ध लड्नुभयो । २००३ मा राष्ट्रिय कांग्रेस गठन हुँदा एक सदस्य दलित नै राखिएको थियो । यस्ता विभेदजन्य संस्कार बिपीहरूले तोड्दै आउनुभएको हो । तर, बिहानैदेखि दुई–तीन घन्टा पूजापाठमा बिताउने, मन्दिर जाने संस्कार बिपी र गिरिजाबाबुमा देखिएन । तथापि, परिवारकै नोना, सुशीलाले पूजा गर्दा पनि उनीहरूको भावनालाई दख्खल दिएको पनि देखिएन । आजको नयाँ पत्रिका दैनिकमा कांग्रेसका पुराना नेता पुरुषोत्तम बस्नेतले बिपी स्मृति दिवसका अवसरमा गरेको कुराकानीबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending