Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

बिपीले जनै खोलामा फालिदिएपछि ........

६ साउन,  काठमाडौं । ०१५ तिरै हो । माघेसंक्रान्तिमा रिडी छेउछाउतिर कालीगण्डकीमा मेला लाग्थ्यो । बिपी पनि त्यो ठूलो मेलामा जानुभयो । तर, नुहाउन लाग्दा उहाँको जिउमा जनै रहेनछ । बाहुनको छोरो, हिन्दूहरूको त्यत्ति ठूलो मेलामा काशीनाथ गौतमहरूले जनै नभए गाह्रो पर्छ भने । त्यतिखेर गोरखा परिषद्को धार्मिक प्रचार थियो– कांग्रेस जात, धर्म केही नमान्ने पार्टी हो । त्यसैलाई यस्तो आरोप पुष्टि हुन्छ भनेर हतार–हतार काशीनाथ गौतमले जनै लगाइदिए । तर, दुई कदम हिँडेपछि बिपीले ‘जुन कुराको मलाई विश्वास नै छैन, देखाउन मात्र जनै लगाउनुहुँदैन’ भनेर जनै खोलामा फालिदिनुभयो । कोइराला परिवारमा नियमित पूजापाठ गर्ने कहिल्यै देखिएन । सुशीला कोइरालाले मात्रै पूजापाठ गर्नुहुन्थ्यो । कोइराला परिवारमा अरूहरूको पूजापाठको संस्कृति नै छैन । तर, हिन्दू धर्म नै नमान्ने, मन्दिर नै नजाने भन्ने होइन । हिन्दू भन्दैमा अहिले पनि सबैले जनै लगाउँदैनन् । जनै लगाउनैपर्छ भन्ने विश्वास बिपीलाई भएन । विश्वास भएको केही हुन्छ भन्ने लागेको भए लगाउनुहुन्थ्यो, तर विश्वास नहुँदा देखाउन मात्रै हुँदैन भनेर लगाउनुभएन । धर्मभन्दा कर्ममा विश्वास गर्नुभयो । बिपीले लेखेअनुसार उहाँका बुबा कृष्णप्रसाद कोइराला धर्मप्रति आस्थावान् हुनुहुन्थ्यो । मोरङमा अहिले भएको काली मन्दिर उहाँले नै स्थापना गर्नुभएको हो । विराटनगरको नाम पनि धार्मिक रूपले उहाँहरूले नै राख्नुभएको हो । महाभारत काण्डमा विराट् राजाको राजधानी थियो भन्ने आधारमा ‘विराटनगर’नाम राखिएको भनिन्छ । दलितहरूसँग बसेर खान नहुने भन्ने थियो, तर बिपीहरूले यसविरुद्ध लड्नुभयो । २००३ मा राष्ट्रिय कांग्रेस गठन हुँदा एक सदस्य दलित नै राखिएको थियो । यस्ता विभेदजन्य संस्कार बिपीहरूले तोड्दै आउनुभएको हो । तर, बिहानैदेखि दुई–तीन घन्टा पूजापाठमा बिताउने, मन्दिर जाने संस्कार बिपी र गिरिजाबाबुमा देखिएन । तथापि, परिवारकै नोना, सुशीलाले पूजा गर्दा पनि उनीहरूको भावनालाई दख्खल दिएको पनि देखिएन । आजको नयाँ पत्रिका दैनिकमा कांग्रेसका पुराना नेता पुरुषोत्तम बस्नेतले बिपी स्मृति दिवसका अवसरमा गरेको कुराकानीबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending