Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

विम्ब भित्रको त्यो लाटो पहाड

\"IMG_0504-400\"यो पहाड साह्रै छुच्चो छ हुनेखानेहरुको लागि यहाँ जति आनन्द छ कामगरी खानेहरुको लागि यो जिन्दगी पेरुङ्गेको चेपबाट हिंडे जस्तै हो... –घिमिरे युवराज महिन पाराले नियाल्ने हो भने साता दिनदेखि शिल्पी थियटरमा चल्दै गरेको नाटक ‘लाटो पहाड’को मुल कथ्य यही हो भन्न सकिन्छ । वास्तवमा लाटो पाहाडको विम्ब प्रयोग गरिएर ती लाखौं लाटा मानिसहरुको कथा यस नाटकले भन्छ जो भरियाकै जुनि लिएर जन्मिए र भरियाकै जुनिमा मर्न अभिसप्त छन् । लाखौं लाख ती नानीका सपनाहरु यस लाटो पाहाडले अभिव्यक्त गर्छ जसले शिक्षाको उज्यालो तर्फ पाइला चाल्न त चाहे तर पाइला चाल्नु अघि नै तिनका पाइलाहरु अन्यत्रै मोडिए अर्थात फेरी भरियामै परिणत भए । आजको कारोबार दैनिकमा वीरेन्द्र ओलीले नाटकको समिक्षा गर्दै लेखेका छन– यो ती मानिसहरुको कथा हो जसले जिवनलाई रेशा–रेशामा भोग्छ तर त्यसको अभिव्यक्ति सार्वजनिक गर्न सक्दैन् । तिनै सिमान्तकृतहरुको भाषा लाई नाटकमा ल्याई पु¥याएका छन् नाटककार घिमिरे युवराजले । कथा र नाटकलाई आम मानिसहरु एकै रुपमा बुझने गर्दछन् तर नाटकका रुपान्तरण गरिनु अघि कथा मात्र आधा हुन्छ भन्ने कुरा कमैले ख्याल गरेका हुन्छन् । किनभने त्यसको आधा भागलाई आफ्नो कलाको शिल्पले नाटक निर्देशकले भर्ने गर्दछ । यस नाटकलाई जनताको आफ्नो लय र भाव प्रदान गरेका छन् नाट्य निर्देशक किरण चाम्लिङ्ग राई । \"IMG_0411-400\"कथाकार उपेन्द्र सुब्बाले नेपालको पूर्वी पाहाडका सिमान्तकृत मानिसहरुको विषयलाई लिएर लेखेको दुई कथा ‘मनमाया’ र ‘प्रभु माइला’ नाटकको मुल जरो हो । लिम्बुवान क्षेत्र भाव, रिदमलाई श्रंगारिक र अर्थपूर्ण बनाउन पक्कै पनि नाट्य रुपान्तरण गर्ने घिमिरे र नाट्य निर्देशन गर्ने राईलाई हम्मे हम्मे परेको हुनु पर्छ । नाटकको सम्पूर्ण सारशं एउटा भरियाको जीवनमा आधारित भई भरियाका दैनन्दिन जिवनवृत्तिलाई लिएर कथिएको छ । एउटा भरियाको जीवन आफ्नो पुस्तामा कसरी एक पछि अर्को गर्दै निरन्तर प्रवाहित भैरहेको छ भन्ने कुरा पनि नाटकले भन्न खोजेको छ, त्यसो त नाटकको अर्को मुल पात्र प्रभु माइला जो गाउँको भौजाहा र झगडिया रहेको हुन्छ त्यो कसरी शान्त र प्रभुको गुणगान गाउने बन्छ भन्ने पनि नाटकमा देख्न पाइन्छ । प्रभु माइलाले एउटा प्रशंगमा भरियाहरुलाई भन्छ– ‘तिमीहरुले के पायौ यो भारी बोकेर यी मैले राम्रो लुगा लगाएकै छु, छोराछोरीलाई दार्जिलिङको मिसनरी स्कुलमा पढाएकै छु, त्यसैले तिमीहरु पनि प्रभुको मार्गमा आए मात्र यो सबै पाउँछौ ।’ पाहाडका अत्यन्त दुर्गम गाउँहरुमा कसरी मिसनरीहरुले धर्म प्रचारको काम लाई मानिसहरुको दुःखसँग गाँसेर फैलाई रहेका छन् भन्ने पनि यसबाट झल्को दिने प्रयास गरिएको छ । नाटकमा देखाईएका पात्र कुनै एतिहासिक समय जस्तो देखिन्छज तर, पत्रको स्वरुप परिवर्तन भएपनि वास्तविकत रुपमा भरियाको जीवन उस्तै छ । पछिल्लो समय शहरमा प्रस्तुत गर्ने हरेक नाटकले समाजमा हुने यर्थात विषयवस्तुलाई टपक्क टिपेर प्रस्तुत गर्ने गरेका छन् । प्राय जसो फिल्महरुमा माया प्रेमका विषयवस्तुले ठाउँ पाउने गरेपनि नाटकमा भने सामाजिक विषयवस्तुले स्थान पाउने मात्र होइन दर्शकहरुको माया पनि पाउने गरेको छ । सिल्पी थियटरमा चलेको नाटक हेर्ने जुनसुकै जातजाति, समुदायको भएपनि नाटकमा उल्लेखित भाषा शैली, विम्ब, तथा सेटले सबैको मनलाई हल्लाउने गरेका छन् तर मुल त सेट भन्दा पनि त्यसको कथ्य नै हो भन्ने ठान्छु । भरियाको जीवन मधेस पाहाड गर्ने नै हुन्छ तर उसको ज्यान घर पर्खेर आउँछ आउँदैन त्यो भने कुनै ठेगान हुँदैन । धेरै अघि लेखिएको कथाकार भवनी भिक्षुको कथा ‘त्यो कहिले फर्केला’ कथाको मुल पनि भरियाकी श्रीमतीको आसै आसमा बिति जाने जिवनमा नै अडिएको छ । मलाई नाटक भर त्यसकथाको पनि झल्को आई रह्यो तथापी यो नाटक त्यस कथा भन्दा धेरै अर्थमा भिन्न छ । समय र सन्दर्भ मिलेमा आम मानिस होस अथवा कुलिननै किन नहोस सबैले एक पटक नाटक हेर्दा नेपालको पूर्वि पाहाडको वास्तविक झल्को पाउनु हुनेछ । नाटकका लागि तीनै जना कर्ता र सर्जकलाई साधुवाद ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending