Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

डिआइजीसहित दुई हजार चार सय प्रहरी कारबाहीमा

९ साउन, काठमाडौं । एक वर्षमा डिआइजीसहित दुई हजार चार सय ६४ प्रहरी कारबाहीमा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ गम्भीर किसिमको भ्रष्टाचारमा संलग्न तीन सय ७५ जनालाई सेवाबाट हटाइएको छ । ३९ जना प्रहरीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । आर्थिक वर्ष ०७१र७२ मा कारबाहीमा पर्ने डिआइजी गोपाल भण्डारी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रमुखमा कार्यरत रहँदा भ्रष्टाचार गरेकोमा उनी निलम्बनमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक एसएसपी पनि कारबाहीमा परेका छन् । राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी रमेशप्रसाद पाण्डे कारबाहीमा परेका हुन् । नेतृत्व क्षमताको अभाव र आर्थिक अनियमितता आरोपमा उनलाई नसियत दिइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार तीन एसपी पनि कारबाहीमा परेका छन् । शेखर कोइराला, प्रदीप श्रेष्ठ र देवबहादुर बोहरालाई प्रहरी मुख्यालयले कारबाही गरेको छ । बाँकेको प्रहरी प्रमुख हुँदा एसपी कोइरालालाई अख्तियारको निर्देशनमा निलम्बन गरिएको थियो । उनको निलम्बन फुकुवा भइसकेको छ । त्यस्तै, एसपीद्वय बोहरा र श्रेष्ठलाई रेकर्डमा जनिने गरी विभागीय कारबाही गरिएको छ । गत आर्थिक वर्षमा नौजना डिएसपी कारबाहीमा परेका छन् । रमेश तामाङ, योगबहादुर पाल, दिनेशकुमार आचार्य, रमेश पोखरेल, रामेश्वर यादव, सागर दुवाललगायत डिएसपी कारबाहीमा परेका हुन् । डिएसपी तामाङलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरेकोमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । डिएसपी आचार्यलाई भने नियोजित रूपमा फसाउन खोजेको खुलेपछि निलम्बनको एक महिनापछि अख्तियारले फुकुवा गरेको थियो । त्यस्तै, २६ जना इन्स्पेक्टर, एक सय २९ सइ, एक सय ६३ असइ, ३ सय ७७ हवल्दार र एक हजार सात सय १७ जना जवानमाथि विभिन्न प्रकारको कारबाही भएको छ । २८ जना कार्यालय सहयोगीसमेत कारबाहीमा परेका छन् । गत आर्थिक वर्षमा तीन हजार ६६ प्रहरी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन एआइजी छन् । एआइजी रमेशशेखर बज्राचार्य र प्रतापसिंह थापा पुरस्कृत भएका थिए । अवकाशप्राप्त एआइजी डा। रामनाथ सिंह पनि पुरस्कृत भएका थिए । चार डिआइजी, १३ एसएसपी, २० एसपी, ८७ डिएसपी र दुई सय ३९ जना इन्स्पेक्टर राम्रो काम गरेबापत पुरस्कृत भएका छन् । तीन सय ६९ जना सइ, चार सय २९ असइ, एक हजार एक सय ६३ हवल्दार, सात सय ३० जवान र ११ जना कार्यालय सहयोगी पनि पुरस्कृत भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending