Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

घुम्टोमैं हराए मधेसी महिला

९ साउन, काठमाडौं । समाजशास्त्रमा स्नातक जनकपुर उपमहानगरपालिका(४ निवासी २९ वर्षीया मीनाक्षी झाको राम्रो शिक्षिका बन्ने सपना थियो। आफ्नै नामबाट चिनिने उनको लक्ष्य थियो। १९ वर्षको उमेरमै बिहे भयो। घरबाट पढ्ने अनुमति त पाइन् तर बाहिर काम गर्ने अनुमति पाइनन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ बिहे भएको १० वर्ष बित्दा उनी दुई सन्तानकी आमा बनिन्। मीनाक्षीका दिन घरपरिवारका लागि कामकाज गर्न र बालबच्चाको स्याहार गर्नमै बित्छ। घरबाहिरको दुनियाँ भनेको बच्चाहरूलाई प्रतिदिन विद्यालय पुर्‍याउनु, त्यहाँबाट ल्याउनु र कहिलेकाहीँ मन्दिर जानु। बिहे गरेर घर आउँदा उनले एकपटक श्रीमान्‌लाई हिम्मत गरेर सोधेकी थिइन्, ुके म बाहिर काम गर्न सक्छुरुु श्रीमान्‌को जवाफ आयो, \'हाम्रो खान्दानमा स्वास्नीको कमाइ खाने परम्परा छैन।ुत्यही दिनदेखि बाहिर निस्केर स्वतन्त्र भई काम गर्ने सोच दिमागबाट निकालेको मीनाक्षीले बताइन्। ज्योति झाले दुई वर्षअघि गणित विषय लिएर प्रथम श्रेणीमा बीएड उत्तीर्ण गरिन्। स्नातकोत्तरसम्म अध्ययन गरेर प्राध्यापिका बन्ने सोचमा रहेकी ज्योतिको बिहे परीक्षा उत्तीर्ण भएकै वर्ष भयो। आफूभन्दा पाँच वर्ष जेठासँग बिहे गर्ने क्रममा उनलाई कसैले ‘केटो कस्तो छ, तिमीलाई मन परेको छ वा छैन ?’ भनेर सोधेन। प्राध्यापिका बन्ने सपना बोकेर ससुराली गएकी ज्योतिले महिलालाई घरबाहिर निस्कन नदिने परिवारको वातावरण देखेपछि मनको इच्छा मनमै दबाइन्। जनकपुरस्थित माइत आउँदा ज्योतिले घरमा बुहारीहरूलाई सजाउने सामानझैं राख्ने, धेरै बोल्ने, जोडले हाँस्ने, ठूलो आवाजमा कुरा गर्ने र बाहिर हिँड्ने स्वतन्त्रतासमेत नरहेको बताइन्।२८ वर्षीया शिला ठाकुरले १२ कक्षासम्म पढे पनि बीचमै बिहे हुँदा त्योभन्दा अघि पढ्न पाइनन्। ुधेरै पढेर के गर्छौ, जति पढे पनि रोटी नै सेक्नुपर्छु भन्ने आमाको भनाइ शिला सधैं सम्झन्छिन्। एक छोरीकी आमा शिला आफू धेरै नपढे पनि छोरीलाई उच्चशिक्षा दिलाएर समाजमा आफ्नो खुट्टामा उभिनसक्ने बनाउन सक्दो प्रयास गर्ने बताउँछिन्। उच्च जाति मानिने मधेसी ब्राह्मण, कायस्थ, भूमिहारजस्ता जातिका महिला अझ बढी घुम्टोभित्र दबिन बाध्य छन्। घरबाहिर निस्कने हिसाबले ‘उच्च जातका महिलाु मधेसी दलितभन्दा पनि पछाडि छन्। ‘बिहेघि छोरी बिग्रिने डरले बाबुआमाले स्वतन्त्रता दिँदैनन्। बिहेपछि ‘ससुरालीमा घरको इज्जत लुकाएरै राख्नुपर्छ’ भन्ने बन्धनले मैथिली महिला कुण्ठित जीवन बिताउन बाध्य हुन्छन्। मैथिल ‘उच्च परिवार’मा गम्भीर विषयमा निर्णय हुँदासमेत बोल्न पाइँदैन। महिलाहरू आफ्नो नामले नभई बच्चा वा श्रीमान्को नामले चिनिन्छन्। जनकपुरकी शिक्षिका कञ्चन झा भन्छिन्, ‘स्वेच्छाले घरबाहिर काम गर्न खोज्ने र आफ्नो पहिचान बनाउन प्रयास गर्ने महिलाले सबैभन्दा पहिला घरमै विद्रोह गर्नुपर्ने अवस्था छ।’ घरबाहिर काम गर्ने महिलालाई हेर्ने दृष्टिकोण अझै राम्रो नभएकाले महिलाहरूमा बाहिर काम गर्ने आँट नरहेको कञ्चन बताउँछिन्। मैथिल क्षेत्रका प्रसिद्ध साहित्यकार डा.राजेन्द्र विमल सांस्कृतिक र परम्परागत सोचको प्रभावका कारण तथाकथित उच्च वर्गका महिला घरमै खुम्चिन बाध्य भएको बताउँछन्। मिथिला संस्कृति उच्च कोटिको भए पनि समयसापेक्ष हुन नसक्दा महिला प्रगतिको बाधक बनेको विमलको धारणा छ। ‘संस्कृतिको नाममा महिलालाई घरमा थुनेर राख्नु मधेसको ठूलो समस्या हो’ विमलले भने। अधिकारकर्मी रेणु झा पढेलेखेकी बुहारी आइन् भने कमाएर घरपरिवार चलाउन सहयोग गर्छिन् भन्ने सोच मधेसमा नरहेको बताउँछिन्। ‘अहिले पनि पढेलेखेकी ल्याउँदा समाजमा ठूलो नाम हुन्छ भन्ने भएकाले मात्र छोरीबुहारीलाई पढाइन्छ’ उनले भनिन्, ‘छोरी पढाउन जोड दिइन्छ तर उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ ‘ठूलो जात’कै सबैभन्दा ‘कन्जरवेटिभ’ छन्।’ अर्का शिक्षक ललन झा पत्नीले बाहिर काम गरे समाजमा सबैले अपमान गर्ने र व्यंग्य कस्ने बताउँछन्। महिला अधिकारकर्मी पूनम चौधरी घुम्टोलाई मर्यादाको नाम दिएर जति धेरै घुम्टोमा र घरभित्र बस्यौं, त्यति नै संस्कारी बनिन्छ भन्ने पाठ महिलालाई सिकाइएको बताउँछिन्। ‘महिलाहरू आफ्नोवरिपरि बनाएको दायरामै सुरक्षित भन्ठानेर बाहिर निस्कने प्रयास गर्दैनन्’ उनले भनिन्, ‘मलाई घरबाहिर निस्केर काम गर्न खोज्दा सबैभन्दा पहिला परिवारबाट नै अवरोध आएको थियो तर धेरै प्रयास गरेर बाहिर निस्कन सफल भएँ।’ मैथिल साहित्यकार धीरेन्द्र प्रेमर्षि महिला घरको इज्जत हो र घरमै बस्नुपर्छ भन्ने पुरातनवादी मानसिकताले मधेसी महिलाको खुट्टामा अंकुश लगाएको बताउँछन्। ‘आफूलाई उच्च वर्ग भन्नेहरूमा भएको जातीय अहंकारले पनि मधेसमा महिला स्वतन्त्र हुन नसकेको र दोस्रो दर्जाका नागरिक बन्न बाध्य भएका हुन्’ प्रेमर्षिले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending