Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

भूकम्प प्रभावित २३ हजारलाई सुरक्षित स्थानमा सारियो

१० साउन काठमाडौं । भूकम्पपछि बाढी–पहिरोको जोखिममा परेका क्षेत्रका बासिन्दालाई धमाधम स्थानान्तरण गरिएको छ । सरकारले हालसम्म करिब साढे पाँच हजार घरपरिवारका २३ हजारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । आजको नयाँ पत्रिका दैनकिमा खबर छ भूकम्पबाट अति प्रभावित दोलखा, रसुवा, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, गोरखा, रामेछाप र ललितपुरका जोखिममा परेका बासिन्दालाई स्थानान्तरण गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहको तथ्यांकअनुसार सबैतिर गरी पाँच हजार चार सय ३१ घरपरिवारका २२ हजार आठ सय ६० जनालाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको हो । भूकम्पबाट प्रभावित २८ हजार घरपरिवारलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने गृहको तथ्यांक छ । त्यसमध्ये १५ हजार घरपरिवार दोलखाका मात्रै छन् । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उच्च जोखिममा रहेका घरपरिवारलाई सम्बन्धित जिल्लाकै सुरक्षित स्थानमा स्थानान्तरण भइरहेको बताए । उनले भने, ‘भूकम्पबाट करिब २८ हजार घरपरिवारलाई स्थानान्तरण गर्नुपर्नेछ । सबैलाई सुरक्षित स्थान पहिचान गरी सार्ने काम भइरहेको छ ।’ दोलखा प्रशासनका अनुसार एक हजार दुई सयजनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यसमध्ये सय घरपरिवारका पाँच सयजना अति जोखिममा थिए । रसुवामा आठ सय घरधुरीका तीन हजार दुईजनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पबाट धेरै क्षति पुगेको सिन्धुपाल्चोकमा भने एक सय ७० घरपरिवारका चार सय ९७ लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अन्यलाई पनि स्थानान्तरणको काम भइरहेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । धादिङमा एक हजार पाँच सय घरपरिवारका ६ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । धादिङ प्रशासनका अनुसार स्थानान्तरण गर्न अझै एक हजार घरधुरी बाँकी छ । काभ्रेका ६ सय ८५ घरपरिवारका तीन हजार चार सय २५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । गोरखा प्रशासनका अनुसार एक हजार सात सय घरपरिवारका ६ हजार आठ सयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै, रामेछापमा तीन सय ४६ घरपरिवारका एक हजार सात सय ३० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कसैलाई पनि स्थानान्तरण गरिएको छैन । स्थानान्तरण हुन कोही तयार नभएकाले नसारिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । मकवानपुरमा तीन हजार घरपरिवार बाढी–पहिरोको जोखिममा रहेको पहिचान गरिएको थियो । तर, कसैलाई पनि स्थानान्तरण गरिएको छैन । जोखिममा रहेका घरपरिवारले नमानेका कारण स्थानान्तरण नगरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । भूकम्प प्रभावित नुवाकोट र भक्तपुरमा कसैलाई पनि स्थानान्तरण गरिएको छैन । भूकम्पले घर ढले पनि बस्ती नै सार्नुपर्ने अवस्था नभएकाले कसैलाई स्थानान्तरण नगरिएको दुवै जिल्लाका प्रशासन कार्यालयले जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending