Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

२४० क्षेत्रमा ९० प्रतिशत मत प्रत्यक्ष निर्वाचितका पक्षमा

१० साउन, काठमाडौं । नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न झन्डै ९० प्रतिशत निर्वाचन क्षेत्रबाट जनताको सुझाब आएको छ । सीमा र नामको टुंगो लगाएर प्रदेशहरू गठन गर्नुपर्ने, निर्वाचन प्रणालीअन्तर्गत कम्तीमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्नुपर्ने आवाज पनि जोडदार ढंगले उठेको छ । हुने शासकीय स्वरुपको व्यवस्था गर्न अधिकाँश जनताले सुझाव दिएका छन् । दुई सय ४० निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सभासद् मध्यमा नयाँ पत्रिकाले गरेको सर्वेक्षणले धेरैजसोले जनताले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री मध्य एक हनुनुपर्ने सुझाब दिएको बताए । ७५ जिल्लाका सभासद्हरुले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएको सुझाब सहितको प्रतिबेदन नागरिक सम्बन्ध तथा संविधान सुझाब समितिमा बुझाईसकेका छन् । बर्षेनी सरकार परिवर्तन भइरहने संसदीय प्रणालीको विकल्प जनताले खोजेको अनुभुति आफुले पनि गरेको सभासद्हरुले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री मध्य जुन भएपनि फरक नपर्ने उनिहरुको सुझाब छ । संघिय संरचनाको टुंगो लगाएर सकेसम्म छिटो संविधान जारी गर्न पनि जनताहरुले सुझाव दिएका छन् । त्यसो गर्दा संविधान जारी गर्ने मिति पछि सार्न नहुने उनिहरुको राय छ । कस्तो संघिय संरचना बनाउने भन्ने बिषयमा मिश्रीत धारणा आएको छ । धर्म निरपेक्ष, हिन्दु र धार्मिक स्वतन्त्रता मध्य धेरैजसोले धार्मिक स्वतन्त्र राज्यको व्यवस्थागर्न सभासदहरुलाई सुझाब दिएका छन् । सर्बेक्षणका क्रममा नयाँ पत्रिकाले छानेको ४ बिषय मध्य नागरिकता सम्बन्धी व्यवस्थामा आमा वा बाबुको नामबाट नागरिकता पाउनुपर्छ भन्ने बिषयमा अत्याधिक मत देखिएको छ । कतिपयले नागरिकता सजिलै पाउने व्यवस्थागर्न नहुने सुझाब दिएका छन् भने कतिपयले नेपाली नागरिक, नागरिकता पाउने अधिकारबाट बन्चित हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । ७५ जिल्लाका दुई सय ४० निर्वाचन क्षेत्रमध्ये नयाँ पत्रिकारले १ सय ५१ वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सभासदसँग सम्पर्क गरि जनताका राय सुझाब बुझेको हो । सर्बेक्षणमा सुझाब संकलनको बिरोध गरिरहेका, बिदेशमा भएका र प्रयास गर्दागर्दै सम्पर्कमा आउन नसकेका सभासद्हरु सहभागी भएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending