Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कांग्रेस प्रत्यक्ष कार्यकारीको विरोधमा

११ साउन, काठमाडौं । कांग्रेसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरूपको विरोध गरेको छ । तर, जनमतअनुसार संविधानमा धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ प्रमुख चार दलको आइतबार बिहान बसेको बैठकमा एमाले र एमाओवादीले जनताको सुझाबअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने प्रस्ताव गरेका छन् । एमाओवादीले संविधानको मस्यौदामै फरक मत राखेको छ । जनताले मस्यौदामा सुझाब दिने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न भनेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको चार दलको बैठकमा कांग्रेस नेताहरूले शासकीय स्वरूपमा मस्यौदामा जे छ त्यसलाई नचलाउने प्रस्ताव गरेका थिए । बैठकमा सहभागी एक नेताले भने, ‘शासकीय स्वरूपमा आ–आफ्नै अडान रहे ।’ एमाले र एमाओवादी नेताहरूले जनताको सुझाब भने प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आएकाले परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान नसकिने बताए । ‘जनताबाट आएका सुझाबबारे आ–आफ्नो पार्टीको धारणा बैठकमा संक्षेपमा प्रस्तुत भए । हामीले कार्यकारी प्रमुख समावेशी हुनुपर्छ भन्ने धारणा राखेका छौँ,’ बैठकपछि पौडेलले भने, ‘जनता समावेशी शासन चाहन्छन् । त्यसकारण शासकीय स्वरूप समवेशी हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ बिहानको बैठकमा साँझ पुनः छलफल गर्ने गरी नेताहरू उठेका थिए । तर, केन्द्रीय कमिटी बैठकका कारण एमाले नआएपछि आइतबार साँझ कांग्रेस र एमाओवादी शीर्ष नेताहरूबीच मात्र छलफल भएको छ । सो बैठकमा कांग्रेसले जनमतअनुसार मस्यौदामा रहेको धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव गरेको छ । ‘जनताले धार्मिक स्वतन्त्रता राख्नुपर्छ भन्ने मत राखेका छन्, अब धर्मनिरपेक्ष होइन, धार्मिक स्वतन्त्रता नै राखौँ,’ कांग्रेसको प्रस्ताव उल्लेख गर्दै बैठक स्रोतले भन्यो । एमाओवादी नेताहरूले भने धर्मनिरपेक्षताबाट पछि हट्न नहुने बताएका थिए । एमाओवादी नेताहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘धर्मनिरपेक्षतामा धार्मिक स्वतन्त्रता त छँदै छ नि । तपाईंहरूले के गर्न खोजेको हो ? मुलुकलाई पछि फर्काउन खोज्ने ? यो हुनै सक्दैन ।’ दुई पार्टीका नेताबीच मस्यौदामाथि जनताले दिएको शासकीय स्वरूप, संघीयतामा सीमांकन, नागरिकता, धर्म र उत्पीडित समुदायको अधिकारका विषयमा छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ । ‘साँझ चार दलकै बैठक बस्ने कुरो थियो, तर एमालेले पार्टीको बैठकका कारण आउन सकिन्न भन्यो,’ दुई दलबीचको बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘शासकीय स्वरूप, संघीयतामा सीमांकन, नागरिकता, उत्पीडित वर्ग, जाति, क्षेत्र, सीमान्तकृत समुदाय र धर्मको विषयमा छलफल गरेर जाने भन्ने भयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending