Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

एमालेका सबै केन्द्रीय सदस्य प्रत्यक्ष कार्यकारीका पक्षमा तर, ओली ......

११ साउन, काठमाडौं । एमाले पोलिटब्युरो र केन्द्रीय कमिटीका अधिकांश सदस्यले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न नेतृत्वलाई सुझाब दिएका छन् । तर, एमाले अध्यक्ष केपी ओलीले यसमा अडान नराख्ने संकेत गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ केन्द्रीय कमिटीको आइतबार बसेको बैठकमा अध्यक्ष ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारीको अडानका कारण संविधान नै जारी नहुने स्थिति आयो भने एमाले बाधक नबन्ने बताएका छन् । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी, धार्मिक स्वतन्त्रता, वडाध्यक्षको समेत प्रत्यक्ष निर्वाचन भन्ने जनता र पार्टीका नेताबाट आएका सुझाब सकारात्मक छन्, अन्य दलसँग संवाद गरेर अधिकतम् रूपमा हामी ती सुझाब समेट्ने प्रयास गर्छौँ,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘तर, त्यसो गर्दा संविधान नै नबन्ने वा बन्नमा ढिलाइ हुने भयो भने हामी संविधान निर्माणमा बाधक हुँदैनौँ ।’ बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको ६ पेज लामो विशेष प्रस्तावमा पनि शासकीय स्वरूपका विषयमा लचिलो हुने प्रस्ट उल्लेख छ । प्रस्तावमा जनताबाट आएका सुझाबले उत्साहित बनाएको कुरा उल्लेख छ, तर ती सुझाबलाई संविधानमा सम्बोधन गरिनेछ भनेर कतै पनि उल्लेख गरिएको छैन । ओलीले बैठकमा प्रस्तुत गरेको ६ पृष्ठको विशेष प्रस्तावमा शासकीय स्वरूपमा जनताका सुझाबको सम्बोधन गर्नेबारे स्पष्ट पारिएको छैन । ‘जनताको ठूलो हिस्साले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुनुपर्ने, प्रदेशहरूको संख्या सानो र भौगोलिक विविधतालाई समेट्ने खालको हुनुपर्ने, धार्मिक स्वतन्त्रताको व्यवस्था स्पष्ट हुनुपर्नेलगायतका अभिमत दिएका छन्,’ प्रस्तावको ११ नं। बुँदामा भनिएको छ, ‘सुझाबहरू महत्त्वपूर्ण छन्, ती सुझाबलाई संविधान निर्माणको प्रक्रियामा गम्भीरतापूर्वक ध्यान दिइनेछ ।’ पार्टीले संविधानसभा निर्वाचनमा जाँदा उठाएको शासकीय स्वरूपको व्यवस्थालाई नै जनताले समेत अनुमोदन गरेको भन्दै पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले सम्बोधन गर्नुपर्ने माग गरेका छन् । ‘जनता मात्र होइन पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यहरूको धारणा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ,’ स्थायी समितिका एक सदस्यले भने, ‘नेतृत्वले खुट्टा कमाउनुहुँदैन भन्ने छ । तर, नेतृत्वले खुट्टा कमाउने लक्षण देखाइसकेको छ ।’ पोलिटब्युरोको शनिबार बसेको बैठकमा ओली निकटस्थ मानिने संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने हो भने प्रस्तावित निर्वाचन प्रणालीमा नै परिवर्तन गर्नुपर्ने बताएका थिए । बैठकमा खरेलले भनेका थिए, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाने भए संसद्का सबै सदस्य प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली कायम गर्नुपर्छ, जुन समावेशी सिद्धान्तअनुसार अहिले मिल्दैन ।’ सदस्यले बोल्न नपाएपछि प्रस्ताव पारित भएन केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले जनताबाट आएका सुझाब सकेसम्म सम्बोधन गरिने, तर संविधान निर्माणमा एमाले बाधक नहुने भन्दै आफ्नो प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए । सदस्यहरूको विरोधपछि आइतबार प्रस्ताव पारित हुन सकेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending