Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भारतीयले कुलो भत्काइदिएपछि झडप

१२ साउन, काठमाडौं । नेपाली भूमीबाट बगेको कुलो भारतीयले जबरजस्ती भत्काइ दिएपछि पर्साको ठोरीमा सोमबार दिनभर नेपाली र भारतीय बिच झडप भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ नेपाल भारत बिचको सीमामा रहेको ठुटे खोलाको कुलोको पानीको विषयमा विवाद हुदा भारतीयहरुले नेपाली भूमी भित्रै पसेर नेपालीमाथि आक्रमण गरेका हुन्।भारतीयहरुको आक्रमणबाट एक जना प्रहरी जवान सहित चार जना गम्भिर घाइते भएका छन्। घाइते हूनेहरुमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी जवान नन्द लाल महत्तो , पर्सा निर्मलवस्ती २ घर भएका नेपाल प्रहरीका भुपु हवल्दार नारायण प्रसाद पाठक , निर्मलवस्ती १ रामनगरका चन्द्र बहादुर मिजार र त्यही ठाँउका तिलक बहादुर बस्नेत रहेका छन्। उनीहरु मध्ये प्रहरी जवान महत्तोको टाँउको फुटेको र उनलाइ थप उपचारका लागि चितवनको भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक ध्रुब बहादुर श्रेष्ठले जानकारी दिए। ठुटे खोला क्षेत्रमा सोमबार बेलुकी सम्म भारतीयहरुले ढुंगामुढा गरेको स्थानीय रामशरण लामिछानेले बताए। सीमा पारिको भीखना ठोरीमा रहेका भारतीय सीमा सुरक्षा बल एसएसबीको बेस क्याम्पका सुरक्षाकर्मीहरुको आडमा भारतीयहरुले नेपालको सीमा क्षेत्रमै पसेर नेपालीहरु माथि आक्रमण गरेको लामिछानेले बताए। एसएसबीले बन्दुक ताकेर बसे , अनि भारतीयले अन्धाधुन्द ढुङगा बर्साए, उनले भने । नेपाली भूमीमा रहेको ठुटे खोलामा तीन वटा कुलो छ । तीन वटा कुलो मध्ये दूइ वटा कुलो भारतको एकवा र भवानीपुरका किसानले तथा बाँकी अर्को कुलो पर्साको निर्मलवस्ती गाविसको नयाँवस्ती,रामनगर र बुद्धनगरका किसानहरुले प्रयोग गर्दै आएका छन्। लामो समय देखिको खडेरीका कारण धान रोप्न नपाएपछि निर्मलवस्तीका किसानले शनिवार भारत तर्फ बगेको कुलो थुनेर आफनो गाँउ तर्फ फर्काएका थिए । त्यसकै निहुमा भवानीपुरका भारतीयहरुले आइतवार भारतको जमुनियाबाट किनमेल गरेर घर र्फकदै गरेका निर्मलवस्ती र ठोरीका चार जना नेपालीलाइ कुटपिट गर्दै सामान खोसेपछि विवाद शुरु भएको हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending