Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

पाँच सयको विवादमा साथीको हत्या

११ साउन, काठमाडौं । पाँच सय रुपैयाँको विवादमा एक युवकले आफ्नै सहकर्मीको हत्या गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ म्हैपीस्थित सागर अटो वर्कसपका कर्मचारी उमेशविक्रम विष्टले सँगै काम गर्ने अशोक खड्काको हत्या गरेका हुन् । कारमा ‘गियर ओयल’ हालेको पाँच सय रुपैयाँ आफूलाई नदिएको विवादमा गलले घाँटीमा रोपेर ३१ असारमा विष्टले खड्काको हत्या गरेका हुन् । घटनाको १० दिनपछि विष्ट सतुंगलबाट पक्राउ परेका छन् । सतंगुलको मकालु वर्कसपबाट उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । आफू मदिरामा मात्तिएको र त्यही वेला विवाद भएपछि हत्या गरेको विष्टले स्वीकार गरेका छन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विष्ट र खड्का दुवैजनाले वर्कसपमै बसेर मदिरा पिएका थिए । घटना भएको दिन खड्काले वर्कसपमा मर्मतका लागि ल्याइएको पिकान्टो कारमा गियर ओयल हालेका थिए । त्यसबापत साहुबाट खड्काले मात्र पैसा पाएका थिए । सो पैसा आफूलाई नदिएको भन्दै विष्टले झगडा सुरु गरेका थिए । विवादको क्रममा दुईजनाबीच हात हालाहाल भएको र विष्टले खड्कालाई फलामको गलले आक्रमण गरेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार खड्काले छलेपछि गलले लागेर कारको सिसा फुटेको थियो । कुटाइबाट बच्न खड्का गाडीभित्र छिरेका थिए । विष्टले गाडीको ढोका खोलेर गलले घाँटीमा रोपेका थिए । त्यसवेलासम्म खड्का अचेत भइसकेका थिए । खड्का छटपटाएको देखेपछि गलले फेरि घाँटीमा रोपेर विष्टले उनको हत्या गरेका थिए । हत्यापछि पनि विष्टले गाडीभित्र शव राखेर कैँचीले खड्काको लिंग र अण्डकोष काटिदिएको प्रहरीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending