Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

वीरगञ्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

रासस

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नेशनल मेडिकलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–२ का उनको शनिबार बिहान ११स्५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १९ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको इमरजेन्सी वार्डमा राखी स्वाब संकलन गरी पीसीआर गराउँदा भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा सारिएको र उपचारकै क्रममा बिहान मृत्यु भएको अस्पतालको भनाइ छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दाहसंस्कार गर्ने शर्तमा आफन्तले शव बुझेर लगेका छन् ।

नारायणी अस्पतालमा रौतहटका ५५ वर्षीय पुरुष, बाराका ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको कोभिड संयोजक डा। सरोजरोशन दासले जानकारी दिए ।

रौतहटको सिर्सियाका ५५ वर्षीय पुरुषको बिहान पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । एन्टिजेन परीक्षणका क्रममा वैशाख २१ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  स्वास्थ्यमा समस्या भएपछि वैशाख २२ गत उनी अस्पतालमा भर्ना भएका थिए ।

बाराका ४५ वर्षीय संक्रमित पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनमा पनि वैशाख २१ गते गरिएको एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । भोलिपल्ट उनी नारायणी अस्पतालमा भर्ना भएका थिए ।

बाराकै जितपुरसिमरा उपमहानगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । भारतको नयाँदिल्लीमा गरिएको पीसीआर परीक्षणका क्रममा उनमा वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पछि स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ८ गते नारायणी अस्पतालमा भर्ना भएका थिए ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा मात्रै ६२ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये ३९ जना पर्साका छन् । बारा, रौतहट र सर्लाहीका २२ जना छन् भने एक जना भारतीय नागरिकको कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending