जनकपुरधाम । भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत ती पुरुषलाई भेन्टिलेटरको आवश्यकता परेपछि जलेश्वर अस्पतालले शुक्रबार प्रादेशिक अस्पताल जनकपुरधाम रेफर गरेपछि त्यहाँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
‘यहाँ भेन्टिलेटर छ, तर जनशक्ति नभएर सञ्चालन गर्न नसक्दा ती संक्रमितलाई यो सेवा उपलब्ध गराउन सकिएन,’ जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सतिशकुमार साहले भने, ‘त्यही भएर यहाँबाट उनलाई बाहिर पठाउनुपरेको हो ।’
शुक्रबार राति अवस्था जटिल बन्दै जाँदा तत्कालै भेन्टिलेटरको आवश्यकता देखिएकोमा उपलब्ध नहुँदा मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् ।
प्रतिकृया लेख्नुहोस्: