Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्रधानमन्त्रीका सल्लाहकार हराएपछि प्रहरीद्वारा खोजी

१२ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला सोझा भए पनि छट्टु सल्लाहकारहरुको घेरामा पर्दा उनी दिनप्रतिदिन बद्नाम हुँदै गएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ सहयोगी र सल्लाहकारहरुले कोइरालाको नाम बेचेर मस्ती गर्दै आएका छन् । देशको नेतृत्व गरेका प्रधानमन्त्री कति कमजोर छन् भने उनले आफ्नै टिमलाई समेत राम्रोसँग नेतृत्व गर्न सकेका छैनन् । आफ्ना सल्लाहकारहरु समेतले के गर्दैछन् भन्ने थाहा हुन छोडेको छ । गतसाता प्रधानमन्त्री कोइरालाका एक सल्लाहकार बेपत्ता भएपछि बालुवाटारमा हल्लीखल्ली मच्चियो । तर प्रधानमन्त्रीले पछि मात्र उक्त कुरा थाहा पाए । कोइरालाका राजनीतिक सल्लाहकार सुबीर खनाल गत साता तीनदिनसम्म जानकारीविना नै हराएका थिए । जुन विषयलाई लिएर यतिबेला प्रधानमन्त्रीको सचिवालयमा हंगामा मच्चिएको छ । बालुवाटार स्रोतका अनुसार हराएको दोस्रो दिन पनि उनी सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गर्नुपरेको थियो । मोबाइलसमेत अफ गरेर उनी बेपत्ता भएका थिए । दोस्रो दिन पनि उनी बेपत्ता भएपछि प्रहरीलाई नै खबर गर्नुपर्ने अवस्था आएको थियो । प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसन हेर्दा गंगबु देखिएको थियो । त्सपछि उनी कान्छी श्रीमतिसँग रहेको आँकलन गरिएको थियो । बहुविवाहको कारण खनालको पारिवारिक जीवन अस्तव्यस्त छ । जेठी श्रीमतिसँग सम्बन्धविच्छेद नगरी दोस्रो बिहे गरेर गोप्य राखेका कारण उनी विवादमा तानिंदै आएका छन् । त्यही तनावमा उनी तीनसम्म बेपत्ता भएको स्रोत बताउँछ । उनी हराएको सुरुमा प्रधानमन्त्रीले थाहा नपाए पनि मृदुला कोइरालाले कुरा लगाइदिएकी थिइन् । त्यसपछि खनाल र मृदुलाबीच लडाई झन् चर्केको छ । सचिवालयकै बाबुराम आचार्य, दिनेश भट्टराई, अतुल कोइराला, रमेश भण्डारीसमेत सरुवा र ठेक्काको काम मिलाउनै व्यस्त छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending