Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

एमालेमा प्रत्यक्ष कार्यकारी– हात्ती आयो हात्ती आयो फुस्सा !

१३ साउन, काठमाडौं । सम्पूर्ण शक्ति साउन मसान्तभित्रमा नयाँ संविधान जारी गर्नमा केन्द्रित गर्ने भन्दै एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा अडान नलिने भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ जब कि बैठकमा दुईतिहाइभन्दा बढी सदस्यले मस्यौदामाथि आएको जनताका सुझाबअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा पार्टीले अडान लिनुपर्ने माग गरेका थिए ।
आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको मंगलबार समापन गर्दै अध्यक्ष केपी ओलीले सम्पूर्ण शक्ति संविधान निर्माणमा केन्द्रित गर्न सभासद्लाई निर्देशन दिए । प्रचार विभागका उपप्रमुख सूर्य थापाले एमालेको घोषणापत्रअनुसार नै जनताले शासकीय स्वरूपका पक्षमा सुझाब दिनु सकारात्मक भएको र अन्तिमसम्म दलीय छलफलमा यो विषय उठाए पनि अडान नलिने बताए ।
‘संविधानसभामा कांग्रेसको एकतिहाइ बढी मत छ, उसले प्रत्यक्ष निर्वाचित कार्यकारी नमान्दा सहमति हुँदैन र संविधान बन्दैन, यस्तो अवस्थामा १६ बुँदे सहमतिविपरीत जान सक्दैनौँ,’ थापाले नयाँ पत्रिकासित भने, ‘हामीले अडान लिने तर अडानमा कायम हुँदा सविधान नबन्ने अवस्था आयो भने हामी प्रत्यक्ष निर्वाचितको अडान लिँदै संविधानलाई अड्काउन हुँदैन भन्ने पक्षमा छौँ ।’
बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले पार्टीको धारणा बनाएर दलीय छलफल गर्ने तर १६ बुँदे सहमतिको मर्म र भावनाविपरीत नजाने बताएका थिए । साउन मसान्तभित्र संविधान जारी गर्न नसक्ने गरी कुनै पनि विषयमा भिन्नै अडान राखेर एमाले बाधक नबन्ने उनले बताएका थिए ।
यद्यपि, बैठकको निर्णयमा ‘जनताबाट प्राप्त सुझाबलाई अधिकतम रूपमा मस्यौदामा समेट्न पार्टीले सबै पक्षसँग गम्भीर छलफल चलाइरहेको र साउन मसान्तभित्रै संविधान जारी गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर पार्टी अगाडि बढ्ने निर्णय गरिएको छ,’ भनिएको छ । सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका विपक्षमा, हिमाल, पहाड र तराईको एकता भड्काउने र संविधान निर्माण हुन नदिने अभिव्यक्ति विभिन्न कोणबाट आएकोप्रति बैठकले भत्र्सना गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending