Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

केपी ओलीको नाम बेच्दै, केटी बटुल्दै

१३ साउन, काठमाडौं । केपी ओली प्रधानमन्त्री बन्ने कहिले हो कहिले उनको नातेदार हुँ भन्ने एकजना इन्सपक्टरले अहिल्यैदेखि महिलामाथि हिंसा गर्दै हेडक्वाटर हल्लाइदिएका छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ बिहे गर्छु भनी अर्काकी छोरीलाई घर लैजान, केही दिन संगै राख्न र पछि मन परेन भन्दै ‘फर्केर जाऊ’ भन्न कानुन र नैतिकता दुवैले मिल्दैन । तर, आफूलाई ‘भावी प्रधानमन्त्री’को नातेदार बताउने इन्सपेक्टरले यस्तै गर्दा आइजिपी उपेन्द्रकान्त अर्याल बमबम भएका छन् । गौशाला प्रहरी वृत्तमा कार्यरत पृथ्वीनारायण ओलीले हो, यस्तो तमासा देखाएको छ । उनी केपी ओलीकै पुख्र्यौली जिल्ला तेह्रथुप छातेढुंगा – ४ का स्थायी बासिन्दा हुन् । श्रीमतीको निधन भएपछि बालबच्चा र आफ्नै पनि स्याहार गर्न समस्या भएको भन्दै १६ असारमा मोरङको विराटचोकबाट धनकुटाकी शर्मिला (नाम परिवर्तन)लाई काठमाडौं ल्याए समाजका अगाडि पत्नी सकार्दै । पुरुषोत्तम महिनामा धार्मिक कार्य गर्न नहुने विश्वासका कारण टिकाटालो पछि गर्ने गरी १७ गतेदेखि नै पत्नीका रुपमा अपनाए । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वेशीगाउँस्थित आफ्नै घरमा राखे । तर, संगै बस्न थालेको केही दिनपछि ‘केटी फिल्म लाइनतिर लागेकी रहेछ, यस्ता केटी खत्तम हुन्छन्’ भन्दै घरबाट निकाले । शर्मिला फिल्मको कथा र पटकथा लेख्ने काममा अभ्यास गरिरहेकी छन् । अहिले हेडक्वाटरस्थित महिला तथा बालबालिका केन्द्रमा यो मामिला पुगेको छ । त्यहाँकी एसपी दुर्गा सिंह र डिएसपी गंगा पन्तहरुलाई ओलीको रवाफ लगाउँदै पृथ्वीनारायण छलफलमा जान आनाकानी गर्दै थिए । पीडितहरु एक साता अघि आइजिपी उपेन्द्रकान्तकहाँ पुगे । उपेन्द्रले ‘मान्छ भने मानोस्, नत्र पाता कसेर भए पनि ल्याउनु’ भन्दै कराएपछि बल्ल इन्सपेक्टर बल्ल छलफल गर्न राजी भए । पाँच दिन मात्र त हो नी भन्दै आफूहरु अलग भएको इन्सपेक्टरले बताए पनि डिएसपी गंगा पन्त जंगिएपछि पिडक इन्सपेक्टर नै भएकोले आन्तरिक रुपमा समाधान खोज्न पहल भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending