Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

नेपाली सेनाले निर्माण गरेकाे खुलालु–सलीसल्ला सडक हस्तान्तरण

रासस

सिमकोट । नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताए । प्रमुख कार्कीले भने, “कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाइ भए पनि सेनाले काम भने पूरा गरेको छ ।” हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथीचौरमा आयोजना गरिएको थियो ।

कर्णाली करिडोरको खुलालु–लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गरेका थिए ।   सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि सडकको जिम्मेवारी लिँदै आयोजना प्रमुख लामाले अब सडकको पूर्णरूपमा अपनत्व लिने बताए । कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको पनि उपस्थिति थियो । सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडक निर्माण पूरा गरेको हो । निमार्ण भएको कूल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर सडक पर्छ ।

कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । खुलालु–लैफु हुँदै सलीसल्ला खण्डको काम विसं २०७० मा सेनाले शुरु गरेको थियो भने हुम्ला खण्डमा २०७३ चैत ९ गतेबाट निर्माणकार्य शुरु गरेको थियो ।

चारवटा गाउँपालिका सडक सञ्चालनमा जोडिए

हुम्लाका चार गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै दक्षिण क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ ।

दक्षिण क्षेत्रका नागरिकले अन्तरजिल्ला जोडिन तथा जिल्लाबाहिर जानका लागि चार दिन हिँडेर सदरमुकाम सिमकोटमा दुई/तीन दिन बसेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए । नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोरको सडकले हुम्लालाई मात्र नभएर बाजुरा, मुगु जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष टेवा पुगेको अध्यक्ष फडेराले बताए । यहाँका नागरिकले पिठ्यूँमा भारी बोक्नुपर्ने अवस्था र घोडा तथा खच्चडबाट सामग्री ढुवानी गर्नुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष फडेराले बताए ।

जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै लैफु–खुलालुबाट सलीसल्लासम्मको १४२ दशमलव ७५ किलोमिटर सडकको अध्ययन गरी बाह्रै महिना यातायात सञ्चालन गरिने आयोजना प्रमुख लामाले बताए । सेनाले सडक हस्तान्तरण गरेसँगै जिल्लाको चंखेली गाउँपालिकाको सलीसल्लासम्म यातायात सञ्चालन हुने भएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy