Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

वर्ष दिनमा जिल्ला अदालत खोटाङले ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गर्यो

रासस

खोटाङ । जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७७/७८ मा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदालतका स्रेस्तेदार रमाकान्त यादवका अनुसार गत साउनदेखि असार मसान्तसम्ममा अदालतले लगतको आधारमा ६१.४२ प्रतिशत र लक्ष्यको आधारमा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो ।

चालु आवमा शुरु मुद्दा, पुनरावेदन र निषेधाज्ञा/रिट गरी २२० मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकामा २०७ वटा मुद्दा फछ्र्योट गरिएको अदालतले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये शुरु मुद्दा २०३ वटा, पुनरावेदन एक र निषेधाज्ञा/रिटसम्बन्धी तीन मुद्दा फछ्र्योट भएको अदालतले जनाएको छ । सरल मार्गमा ७१, सामान्य मार्गमा ४४ र मार्ग समूह नपर्नररिट ९२ वटा मुद्दा फछ्र्योट गरिएको अदालतले जनाएको छ । अघिल्लो आवबाट सरेर आएका ११० मुद्दासहित चालु आव ३२९ वटा मुद्दाको लगत अनुमान गरिएकामा चालु आव नयाँ २७७ मुद्दा दर्ता हुँदा मुद्दाको कूल लगत सङ्ख्या ३३७ पुगेको जनाइएको छ ।

अदालतले आव २०७७/७८ मा दुई वर्ष नाघेका एक, १८ महिनादेखि दुई वर्षभित्रको सात, एक वर्षदेखि १८ महिनाभित्रको ३३, छ महिनादेखि एक वर्षभित्रका ४० र छ महिनाभित्रको १२६ वटा मुद्दा फछ्र्योट गरेको छ । चालु आव जिल्ला अदालतको निरन्तर सुनुवाइतर्फ कूल मुद्दा ५० मध्ये ३१ र थुनुवा मुद्दाको कूल ५७ मुद्दामध्ये ३५ वटा मुद्दा फछ्र्योट गरेको जनाइएको छ । यस्तै ३३ मुद्दा मेलमिलापमा पठाइएकामा आठ मुद्दामा मेलमिलाप भएको, २३ मुद्दा मेलमिलाप हुन नसकी फिर्ता भएको र दुईवटा मुद्दा प्रक्रियामा रहेको जनाइएको छ । कोभिड–१९ को महामारीका कारण लक्ष्यभन्दा पाँच दशमलव नौ प्रतिशत कम मुद्दा फछ्र्योट भएको स्रेस्तेदार यादवले जानकारी दिए । 

चालु आवमा फछ्र्योट हुन नसकेका १३० मुद्दालाई आगामी आर्थिक वर्षका लागि जिम्मेवारीमा सारिएको जनाइएको छ । विगत छ वर्षको तथ्याङ्कले खोटाङमा जबर्जस्ती करणीका मुद्दादर बढ्दो रहेको देखाएको छ । आव २०७२र७३ मा १०, आव २०७३/७४ मा २१, आव २०७४/७५ मा १९, आव २०७५/७६ मा ३८, आव २०७६/७७ मा ३१ र आव २०७७/७८ मा ४८ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएको जनाइएको छ । चालु आवमा दर्ता भएका जबर्जस्ती करणीका मुद्दामध्ये ३१ वटा फछ्र्योट भएको र १७ वटा बाँकी रहेको स्रेस्तेदार यादवले बताए  ।

यस्तै जिल्लामा सम्बन्धबिच्छेद गर्नेको सङ्ख्या पनि बढ्दो रहेको पाइएको छ । आव २०७२र७३ मा ३९, आव २०७३र७४ मा ५६, आव २०७४/७५ मा ७०, आव २०७५/७६ मा ६८, आव २०७६/७७ मा ७० र आव २०७७/७८ मा १०६ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

यस्तै कर्तव्य ज्यानतर्फ आव २०७२/७३ मा कर्तव्य ज्यानका नौ, आव २०७३/७४ मा १८, आव २०७४/७५ मा १३, आव २०७५/७६ मा छ, आव २०७६/७७ मा १३ वटा र आव २०७७/७८ मा २४ मुद्दा दर्ता भएको छ । ज्यान मार्ने उद्योगतर्फ आव २०७२/७३ मा १२, आव २०७३/७४ मा १३, आव २०७४/७५ मा १३, आव २०७५/७६ मा १९, आव २०७६/७७ मा १८ र आव २०७७/७८ मा १५ वटा मुद्दा दर्ता भएको छ । आव २०६७/७७ मा १० बहुविवाहका मुद्दा दर्ता भएको अदालतमा आव २०७७/७८ मा भने बहुविवाहका छवटा मुद्दा दर्ता भएको जनाइएको छ । भौगोलिकरूपमा विकट रहेको जिल्लामा कतिपय गम्भीर प्रकृतिका मुद्दासमेत गाउँघरमै मिलापत्र हुने गरेको स्रोतले जनाएको छ ।

जिल्ला अदालतले आव २०७७/७८ मा रु ६४ लाखभन्दा बढी कैद जरिवाना असुल गरेको जनाएको छ । विभिन्न मुद्दामा जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिए पनि फरार भएका तथा भगौडाबाट रु दुई करोड ३८ लाख पाँच हजार ४३ जरिवाना उठ्न बाँकी रहेकामा चालु आव रु ६४ लाख २२ हजार ७७ जरिवाना असुल भएको हो । दश स्थानीय तह रहेको जिल्लामा अझै रु एक करोड ७३ लाख ८२ हजार ९६६ जरिवाना असुल गर्न बाँकी रहेको स्रेस्तेदार यादवले जानकारी दिए । कतिपय आरोपित हालसम्म भागिरहेका र बेपत्ता रहेका कारण लामो समयसम्म जरिवाना रकम उठ्न नसकेको अदालतले जनाएको छ ।

यस्तै जिल्ला अदालतले विभिन्न दोषीबाट १७७ वर्ष १० महिना २५ दिन कैद भुक्तान गरेको छ । कतिपय मुद्दाको किनारा नलाग्दै तथा कतिपय मुद्दाको किनारा लागेपछि फरार रहेका दोषीबाट फछ्र्योट हुन बाँकी लगत ८६५ वर्ष छ महिनामध्ये अझै ६८७ वर्ष सात महिना पाँच दिन कैद भुक्तान बाँकी रहेको अदालतले जनाएको छ ।

कतिपय फरार वा भगौडाको मृत्यु भइसके पनि तथ्याङ्क अद्यावधिक नहुँदा कैद भुक्तानको वर्ष बढी देखिएको अनुमान गरिएको जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले जानकारी दिएका छन्  । फरार वा भगौडाको मृत्यु भइसकेको अवस्थामा कैद भुक्तान स्वत: घट्ने प्रावधान रहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy