Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सामान्य धरौटीमा पक्राउ परेका छुट्न थालेपछि संरक्षणकर्मीको चिन्ता

खबरडबली संवाददाता

चितवन । अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् ।

सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त पक्राउ परिरहने र अदालतबाट धरौटीमा छुटिरहने प्रक्रियाले संरक्षणमा थप चुनौती थपिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले वन्यजन्तुको चोरी शिकारीमा संलग्न हुने अपराधीलाई कडाभन्दा कडा कारवाहीका लागि सम्बन्धित निकायसँग माग गरेका छन् । विश्वमा नै नेपाललाई चिनाउने राष्ट्रिय निकुञ्ज र यसमा पाइने एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तुको चोरी शिकारी गर्ने तस्कर पूरा कारवाहीको भागीदार भएर छुट्दासमेत पुन: चोरी शिकारीमै संलग्न भएको तथ्याङ्क सार्वजनिक भइरहँदा अहिले अभियुक्तहरू अदालतबाटै धमाधम छुट्न लागेकामा सरोकारवालाले चिन्ता प्रकट गरेका हुन् ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठ, जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण महतो, मिलीजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव कमानसिंह चौधरी र टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ईश्वरीप्रसाद लामिछाने संयुक्तरूपमा विज्ञप्ति जारी गरेका छन् । 

त्यस्तै क्षेत्रीय होटल सङ्घ नेपाल सौराहा चितवनका अध्यक्ष दीपक भट्टराई, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा, नेचर गाइड एशोसिएशन सौराहाका अध्यक्ष राजेन्द्र धामी, बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरी, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, सौराहा हात्ती तथा जीप बुकिङ काउण्टरका सचिव राममणि खनाल र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उपसमितिका सचिव रामचन्द्र सापकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै अभियुक्त अदालतबाटै धमाधम छुट्न लागेकामा चिन्ता प्रकट गर्नुभएको हो ।

उनीहरुले एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने र त्यसमध्ये पनि चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका वन क्षेत्रमा मुख्य बासस्थान रहेकाले सम्पूर्ण सङ्घसंस्था र जनसमुदायलाई संरक्षणमा जुट्न अपिलसमेत गरेका छन् ।  चितवन राष्ट्रिय निकुञ्जले दुलर्भ वन्यजन्तु एकसिङ्गे गैँडा चोरी शिकारी गरेको अभियोगमा ११ जनालाई पक्राउ गरी अदालतमा पेश गरेकामा सात जना धरौटीमा रिहा भएका छन् । निकुञ्ज ऐनमा चोरी शिकार गरेकालाई १५ वर्षसम्म कैद र रु एक लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy