Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

कांग्रेसकाे अधिवेशन फेरि सर्ने

१५ साउन, काठमाडौं । शीर्ष नेताहरू संविधान निर्माणमा व्यस्त भएकाले कांग्रेस महाधिवेशन तयारी सुस्त भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ संविधान निर्माणको कार्यतालिकाका कारण कांग्रेसको गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन फेरि सर्ने भएको छ । संविधान निर्माण नै कांग्रेसको प्राथमिकता रहेकाले पार्टीको तल्लो तहका अधिवेशन केही दिन सर्ने संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले बताए । ‘३२ साउनसम्म संविधान निर्माणको व्यस्त कार्यतालिका छ । क्रियाशील सदस्यताको विषय पनि टुंगिसकेको छैन,’ ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘त्यसैले १ भदौमा हाम्रा सभासद् गाउँ र नगरमा जान सक्दैनन् । तल्लो तहको अधिवेशन कार्यतालिका परिवर्तन हुन्छ ।’ कार्यतालिका परिवर्तनबारे केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने ढुंगानाले जानकारी दिए । तर, १५ भदौसम्म गाउँ, नगर क्षेत्रको अधिवेशन सकाउने गरी कार्यतालिका बनाइने उनको भनाइ छ । ‘महाधिवेशन प्रतिनिधि पनि क्षेत्रबाट आउने भएपछि महाधिवेशन हुने आधार पनि क्षेत्रको अधिवेशन हो । त्यसैले १५ भदौसम्म सकाउने गरी तालिका परिवर्तन गर्नुपर्छ भन्ने छ ।’ कांग्रेसले २५ असारमा तल्लो तहको अधिवेशन सार्ने निर्णय गरेको थियो । पछिल्लो निर्णयअनुसार गाउँ, नगरको १ भदौमा, दुई सय ४० क्षेत्रको ७ भदौमा र जिल्लाको १० भदौमा अधिवेशन तय भएको थियो । त्यसअघि गाउँ र नगरको १४ साउनमा, दुई सय ४० क्षेत्रमा २२ साउनमा र जिल्लाको अधिवेशन २६ साउनमा गर्ने कार्यतालिका थियो । कांग्रेसले सुरुमा पार्टीको १३औँ महाधिवेशन २४ देखि २८ भदौका लागि तय गरेको थियो । तर, भूकम्प, बाढीपहिरो र संविधान निर्माणको कारण देखाउँदै कांग्रेसले २ देखि ५ असोजसम्म महाधिवेशन गर्ने गरी नयाँ मिति तोकेको छ । पछिल्लो पटक तोकिएको मितिमा नै महाधिवेशन हुने ढुंगानाले बताए । कांग्रेस सभासद् रामहरि खतिवडाले संविधानसभाको व्यस्त कार्यतालिकाअनुसार पार्टीको अधिवेशनमा जान नसकिने भएकाले सर्न सक्ने बताए । उनले भने, ‘३२ साउनमा संविधान जारी गर्ने भनिएको छ । त्यसअघि सबै नेता संविधान निर्माण प्रक्रियामा सहभागी हुनुपर्नेछ । भोलिपल्टै सबै गाउँतिर केन्द्रीय प्रतिनिधि जान सम्भव छैन । सबैतिर हेलिकोप्टरमा जाने कुरा पनि भएन ।’ खतिवडाले क्रियाशील सदस्यता विवाद नटुंगिएकाले पनि अधिवेशनको कार्यतालिका सर्ने बताए । ‘क्रियाशील सदस्यताको विषय टुंगो लगाउन अझै एक साताभन्दा बढी लाग्छ,’ उनले भने, ‘त्यसैले केन्द्रीय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने गरी गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशन सर्छ भन्ने छ ।’ कांग्रेसले १३औँ महाधिवेशनसम्म तीन लाख १७ हजार क्रियाशील सदस्यबाट करिब ६ लाख पुर्‍याउने लक्ष्य लिएको छ । जसअनुसार क्रियाशील सदस्यता वितरण गरे पनि विभिन्न जिल्लामा विवाद छ । क्रियाशील सदस्यतामाथिको उजुरीमा छानबिन भइरहेको छ । केन्द्रीय सदस्य मीन विश्वकर्माले क्रियाशील सदस्यता विवाद २२ साउनसम्म टुंगिने र अन्तिम सदस्यता विवरणमा छलफल हुने बताए । त्यसपछि मात्र क्रियाशीलको अन्तिम नामावली गाउँ, नगर, क्षेत्र र जिल्लामा पुग्ने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending