Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कास्कीमा ३० जनाको ज्यान लिने पहिरो यसरी गयो

१५ साउन, काठमाडौं । कास्कीको भदौरेतामागी तथा आसपासका क्षेत्रको भौगोलिक बनोट पहिरोका दृष्टिले खतरायुक्त रहेको प्रतिवेदन दुई वर्षअघि नै सरकारलाई बुझाइएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्राध्यापकले गरेको अध्ययनले लुम्ले, चापाकोट क्षेत्रलाई सरकारले संवेदनशील क्षेत्र मानी पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने सुझाव दिएका थिए। क्षेत्रीय वन कार्यालय तथा फेवाताल संरक्षण समितिलाई समेत बुझाइएको प्रतिवेदनमा पहिरोको जोखिमका दर्जनौं स्थानसमेत पहिचान गरिएको थियो। अध्ययन समूहका नेता प्राध्यापक वसन्तराज अधिकारीका अनुसार यो क्षेत्रको बनोट फिलाइट चट्टान भएकाले माटोको बनोट नै कमजोर छ। \'अलि धेरै पानी पर्नेबित्तिकै पहिरोको जोखिम बढिहाल्छु\' अधिकारीले भने। कमजोर चट्टानमा अडिएको यो क्षेत्रमा पानी परेपछि कमजोर चट्टानको छिद्रबाट पानी भित्र पस्छ र भित्रैदेखि बग्न थाल्छ । बिहीबारको पहिरोको प्रकृति पनि त्यस्तै थियो। बढी पानी पर्ने पोखराको लुम्ले क्षेत्रमा सधैं पहिरोको जोखिम रहन्छ। चट्टानमाथि रहेको माटो धेरै पानी पर्दा फुलेर आउँछ र भत्किन्छ। यो क्षेत्रमा पहिरो जानुकोे अर्को कारण तरलीकरणको समस्या पनि हो। एकआपसमा जोडिएको माटोको बीचमा हावा र पानी हुन्छ। \'पानी पर्दा माटोमा भएको हावालाई पानीले विस्थापित गर्‍यो भने ग्रेन पानीमा तैरिन्छ। एकआपसमा टाँसिएर बस्न सक्दैन र पहिरो जान्छ\' अधिकारीले भने। माटोको बीचमा भएको प्वालमा पानी भरिएपछि तरलीकरण हुन्छ । गत वैशाखको भूकम्पपछि धेरै स्थानमा लिक्युफ्याक्सन (माटो र पानी छुट्टिनु) भएको थियो। फिलाइट र दर्शन ढुंगा मिलर बनेको जमिन पानी परेका बेला बढी कजमोर हुन्छ। पहिरो गएको कास्कीको यो क्षेत्रमा अपनाइएको अव्यवस्थित कृषि अभ्यास पनि पहिरोको अर्को कारण हो। पहिलेपहिले खेतबारीमा गरा बनाएर खेतीपाती गरिन्थ्यो। यसले जमिनमा पानी निश्चित ठाउँबाट मात्रै बग्थ्यो। तर, अहिले खेतमा गरासमेत बनाउन छोडेर भिरालै जमिनमा खेती गर्ने क्रम बढेको छ। \'यस्तो भिरालो ठाउँमा पानीले झन् धेरै खोल्छ र जमिनै बग्न थाल्छ\'अधिकारीले भने। कास्कीको लुम्ले क्षेत्र भने नेपालमै धेरै पानी पर्ने स्थान हो। बुधबार २४ घन्टामा लुम्लेमा दुई सय २८ मिलिमिटर पानी परेको थियो। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घन्टामा भएको यो वर्षा असाध्यै धेरै हो। महाशाखाले अझै नेपालको मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विज्ञले भूकम्पपछि कमजोर जमिनमा पानी परेपछि बाढीपहिरोको खतरा झन् बढेको बताइरहेका छन्। पहिरोविज्ञ डा. रञ्जनकुमार दाहालले भने, ‘चिरिएको जमिन र ढिस्कोमा पानी छिरेपछि थाहै नपाई ठूला ढिस्को र पहाड खस्छन्।\' नेपालको भिरालो भूबनोटका कारण पनि भूकम्पपछि पहिरो जाने खतरा बढी छ। सामान्य अवस्थामा पनि नेपाल बाढीपहिरोको धेरै जोखिम भएको देशमा पर्छ। भूकम्पलगत्तै गृह मन्त्रालय र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र ९इसिमोड० ले गरेको अध्ययनका क्रममा तीन हजार पहिरो पहिचान भएका थिए। तीमध्ये केही ठूला र नदी नै थुन्ने तथा केही सानो आकारका पहिरो भएको प्रतिवेदन विज्ञले तयार पारेका थिए। चक्रवातको असर नेपालमा पर्नसक्ने बंगालको खाडीमा देखा परेको \'कोमेन\' चक्रवात (समुद्री आँधी)को असर नेपालमा समेत पर्ने देखिएको छ। बंगालको खाडीमा उत्पन्न चक्रवात बिहीबार क्रमशः बंगलादेशको चित्तागंगतर्फ अघि बढेको छ। बंगलादेशबाट दिशा परिवर्तन गरी उत्तरपश्चिमतर्फ अघि बढ्दा आँधीको असर नेपालभर पर्नसक्ने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतीय जलवायु तथा मौसम विज्ञान विभागले यो आँधी बंगलादेशबाट उत्तरपश्चिमर्फ अघि बढ्ने जनाउँदै हिमाञ्चल प्रदेश, आसाम, मेघालय, पश्चिम बंगाल, मध्य प्रदेशलगायतका सरकारलाई सचेत हुन निर्देशन दिइसकेको छ। \'उत्तरपश्चिमतर्फ अघि बढेको आँधीको असर नेपालमा पनि पर्छ, देशैभर पानी पर्न सक्छु\' जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending