Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

युएईले कोभिडविरुद्ध खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

रासस

दुबई । संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि  भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।

गत हप्तान्तमा २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमित दरमा महिनाँैपछि एक हजारभन्दा कम सङ्क्रमित भेटिएको र यो नियन्त्रणको दिशातिर गएको भन्दै यूएईले व्यापारिक तथा पर्यटकीय गतिविधिमार्फत् महामारीका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोभिड–१९ नियन्त्रणका लागि लिइएका प्रतिबन्धात्मक उपायहरूलाई क्रमश: अन्त्य गर्दै जाने निश्कर्षमा पुगेको यहाँको समाचार संस्था वाम ९डब्लुएएम०ले अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ । 

योग्य व्यक्तिहरूलाई विश्व स्वास्थ्य संगठनद्वारा अनुमोदित एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन, मोडेर्ना, फाइजर, सिनोफार्म र सिनोभ्याक नामक कोभिड–१९ विरूद्धका खोपहरूमध्ये कुनै एक खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ ।

“यो निर्णय पहिले प्रतिबन्धित देशहरूबाट आएकालगायत सबै देशका नागरिकहरूमा लागू हुने वामले जनाएको छ । यद्यपि “पर्यटक भिसामा आउने यात्रुहरूले विमानस्थलमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ । कोभिड महामारीको बीचमा देशको जीवन धेरै हदसम्म सामान्य भएको भए तापनि यसले मास्क लगाउने र सामाजिक भेलासम्बन्धी कडा नियमहरू लागू गरिरहेको छ ।

दुबईले गत वर्ष छ महिने ‘दुबई एक्स्पो २०२०’ मार्फत् लाखौं आगन्तुकहरूलाई आकर्षित गर्ने र अर्थव्यवस्थालाई सुदृढ पार्ने योजना ल्याएकोमा स्वास्थ्य संकटले एक वर्ष ढिलो गरी अक्टोबरमा यसको आयोजना गर्न लागेको हो । 

युएईमा हालसम्म सात लाख १५ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने दुई हजार ३६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy