Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पसलअनुसार ग्याँसको मूल्य फरक, उजुरी गर्दा पनि कुनै कानुनी कारबाही छैन

रासस

डोटी । यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ ।

यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताए । जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा तोकिएभन्दा बढी मूल्य लिई ग्याँस बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उनको आरोप छ ।

जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्याँसको मूल्य ग्याँस कम्पनी अर्थात् ग्याँस पलाण्टले रु एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्याँसमा रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेको र सोही ग्याँस सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताए ।

ग्यास बिक्रेताले फरक मूल्यमा ग्याँस बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारी लिने नगरेको अर्का स्थानीय मानबहादुर साउदले बताए । दिपायल पिपल्लामा रेडिएण्ट ग्याँसका डिलर व्यापारी देवेन्द्र खड्काले ग्याँस कम्पनीले रु एक हजार ३१३.७५ मा दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको र पछि आफूबाट लिने गरेका कारण आफूहरुले सो रकम जोडेर ग्याँस बिक्री वितरण गर्न बाध्य भएको बताए । 

डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले आफूहरुले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको खड्काले स्वीकार गरे । यस्तै यहाँका कालागाढ, सिलगढी, पिपल्ला तथा राजपुरमा रहेका ग्याँस बिक्री गर्ने सबडिलरमा पसलैपिच्छे सोही ग्याँसको रु एक हजार ६०० पर्ने गरेको उपभोक्ताको आरोप छ । आफूहरुले कैलालीका डिलरबाट ग्याँस ल्याउने गरेका कारण भाडालगायत, लोड, अनलोड तथा आफ्नो पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालक बताउँछन् । 

जिल्लामा खुलेआमरूपमा वर्षाँैदेखि यसरी ग्याँसको मूल्य पसलैपिच्छे फरक लिइने गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले सरकारले तोकेको रकमभन्दा बढी मूल्य लिएर ग्याँस बिक्री गर्ने व्यापारीलाई कारबाही गरिने बताए । ग्याँस डिलर तथा सबडिलरमा ग्याँसको मूल्यसूचीका विषयमा जानकारी दिन पत्राचार गरिएको उनले जानकारी दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy