Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

चालक अनुमतिपत्र नहुँदा समस्या

रासस

काठमाडौँ । गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थालेका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उनी डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्दथ्ये । 

विसं २०७६ चैतमा सरकारले जारी गरेको बन्दाबन्दीले सार्वजनिक यातायात बन्द भयो । त्यसपछि भने उहाँले पहिले आफन्तको मागेर र पछि आफैँ किनेर मोटरसाइकल चलाइरहेका छन् । मोटरसाइकल चलाएको महिनौँसम्म पनि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन नखुल्दा न्यौपानेले भर्न पाए । गत पुसमा आवेदन खुलेपनि प्राविधिक समस्याले गर्दा पुस र माघ महिनामा पटकपटक प्रयास गरेपनि भर्न नसकेको उनले बताए  ।

उनले फागुन महिनामा आवेदन गरेका थिए  । असार महिनाको अन्तिम सातामा पालो आउने भनेपछि उनले लिखित र प्रयोगात्मक परीक्षाका लागि तयारी गरे । दोस्रो लहरसहित कोभिड फैलन थालेपछि गत वैशाखमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्‍यो र उनको  परीक्षाको मिति धकेलियो । 

साउन महिनामा बन्दाबन्दी हटेसँगै पुन: परीक्षा हुने आशा पलाएको भए पनि चावहिलस्थिथत यातायात कार्यालयको जवाफले निरास बनाएको न्यौपानेले बताए । यो डेढ वर्षमा उनले एक पटक ट्राफिक प्रहरीको जाँचमा परेर रु एक हजार जरिवाना तिरेका थिए  । आफूसँग अनुमतिपत्र हुँदा ढुक्कले चलाउन पाइने भए पनि अहिले डराएर हिँड्नुपरेको उनको दुखेसो छ । उनी  सकेसम्म ट्राफिक प्रहरीको जाँच नहुने भित्रि सडकमा हिँड्ने गरेका छन्  ।

उनले भने, “आफूसँग अनुमतिपत्र नहुँदा गाहे भएको छ ।”एकातिर कोभिड र अर्कातिर कार्डको आपूर्ति नहुँदा लामो समयसम्म नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन भएको छैन । एकातिर सेवाग्राहीले चाहेर पनि अनुमतिपत्र बनाउन पाएका छैनन् भने त्यही अनुमतिपत्र नभएको भन्दै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । पटकपटक कोभिडका कारण भन्दै प्रशासनले सार्वजनिक यातायात बन्द गर्दा काठमाडौँ उपत्यकामा निजी सवारीसाधन चढ्ने बढ्दैछन् ।

सार्वजनिक सवारीसाधनमा स्वास्थ्यमापदण्डको पालना नगराउँदा निजी सवारी साधन चढ्नु बाध्यता भएको उपत्यकावासी बताउँछन् । सवारी साधन किनेर चढ्नु कतिका लागि रहर त कतिका लागि बाध्यता छ ।  

सेवाग्राहीले चाहेर पनि चालक अनुमतिपको परीक्षामा सहभागी हुन पाएका छैनन् भने सडकमा पनि जाँच कम मात्रै भएको देख्न सकिन्छ । केही वर्ष पहिलेसम्म ट्राफिक प्रहरीले मुख्य मात्रै होइन सहायक सडकमा जाँच गर्ने गरेकोमा डेढवर्ष पहिले कोभिड देखिएपनि जाँच खासै भएको पाइँदैन । 

ट्राफिक प्रहरीले भने कोभिडका कारणले जाँच कम गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएकाले त्यसैका आधारमा कम गरिएको जनाएको छ । देशरभमा सङ्क्रमण बढीरहँदा जाँच कम भएको ट्रफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए । अहिले पुन: जाँच बढाउने गरी योजना बनाइएको छ । उनले भने, “कोभिड सङ्क्रमण बढीरहँदा हामी मास्कको प्रयोगबारे चेतना फैलाउनेलगायतका अरु जिम्मेवारी पूरा गर्न लागेका थियौँ अब पुन: जाँच बढाइनेछ ।”

अहिले महाशाखाले दैनिक ६० देखि ८० जनासम्मलाई अनुमतिपत्र नभइ सवारीसाधन चलाएको भनी कारवाही गरिरहेको छ । ट्राफिक प्रहरीले सबैलाई रोकेर जाँच नगरेपनि चालकले सवारीसाधन चलाएको हेरेर टाढाबाट पनि उसँग कागजात छछैन थाहा हुने उनको भनाइ छ । उनले भने, “चोकचोकमा खटिएका ट्राफिक प्रहरीले शङ्का लाग्दा जाँच गरिरहेका छन् ।”

चालक अनुमतिपत्र नभइ चलाउनेको सङ्ख्या बढिरहे पनि उपत्यकामा सवारी दुर्घटना नबढेको तथ्याङ्कले देखाएको छ । कोभिडका कारण अझै पनि सडकमा आवतजावत कम हुँदा सवारी चाप कम भएकाले दुर्घटना कम भएको प्रहरी उपरीक्षक दासको भनाइ छ । 

सरकारले छ वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेदेखि नै यसमा समस्या देखिएको छ । एकान्तकुनास्थित कार्यालयबाट सेवा सुरु गरिएकामा यसलाई अरु कार्यालयमा बिस्तार गरेपनि समस्या बढ्न थालेको थियो । त्यसबेला अनुमतिपत्र छाप्ने उपकरणको क्षमताभन्दा बढी सङ्ख्यामा छाप्नु पर्दा सेवाग्राहीले परीक्षा पास गरेको वा नबीकरण गरेको लामो समयसम्म पाएका थिएनन् । 

उपकरणको क्षमताका कारण भएको ढिलाइ हटाउन सरकारले दुई वर्ष पहिले नै ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्ने उपकरण (मास प्रिन्टर) खरिद गरेको थियो । भारतीय कम्पनीसँग एकै पटकमा उपकरण र १० लाख कार्ड खरिद गरेपछि केही समय सजिलो हुँदै थियो । त्यो कार्ड सकिएपछि पुन: समस्या भएको छ । 

कार्ड अभावकै कारणले तत्काल नयाँ अनुमतिपत्रका लागि आवेदन नखुलाइने विभागले जनाएको छ । एकाथरी सेवाग्राहीले फारम भर्न पाएका छैनन् भने अर्काथरीले फारम भरेर पनि परीक्षामा सहभागी हुन पाएका छैनन् । परीक्षा पास गरेर वा नवीरकण गरेर अनुमतिपत्र नपाउनेको सङ्ख्या झण्डै सात लाख पुगिसकेको छ । अहिले तत्काल नआउने देखिएकाले त्यति बेलासम्म नयाँ आवेदन नखुलाइने विभागका प्रवक्ता। डा लोकनाथ भुषालले बताए । उनका अनुसार दशैँ पहिलेसम्म नयाँँका लागि आवेदन खुलाउन नसकिने देखिएको छ । उनले भने, “नयाँ आउने कार्ड मास प्रिन्टरमा छापिएमा पुन: खुलाउन सकिनेछ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy