Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

शीतभण्डारमै आलु बिग्रिए, किसानले मागे क्षतिपूर्ति

रासस

रामपुर ।  शीतभण्डार चालू भएपछि किसान खुशी भएका थिए । आलु भण्डारणका लागि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि किसान खुशी हुने नै भए । 

ढिलै भए पनि पाल्पाकै ठूलो रामपुरमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई प्रयोगमा ल्याइयो । किसान उत्साहितहँुदै खेतबारीमा उत्पादन भएको आलु भण्डारण गर्न थाले । अहिले भने किसान यसरी रमाउन सकेका छैनन् । शीतभण्डारमै आलु उम्रने र बिग्रने भएपछि उनीहरु चिन्तित छन् । 

रामपुर–७ बस्ने यमकान्ती गौतमले करिब रु दश लाख बराबरको उन्नत बीउ आलु भण्डारण गरेका छन् । स्थानीय सरकारले शीतभण्डार परीक्षणबिना नै आलु भण्डारण गर्न हौसाउँदा किसान मारमा परेको उनी गुनासो गर्दछन् ।  “उन्नत जातको बीउ आलु टुसाउने, बिग्रने भएको छ, अघिल्ला वर्षमा सधँै भैरहवा लगेर भण्डारण गरिन्थ्यो, अहिले गाउँमै बनेको चिस्यान केन्द्रमा आलु राखेको नराम्रोसँग फसियो”, उनले दुखेसो पोखे । 

बीउका लागि करिब १३० बोरा आलु शीतभण्डारमा राखेका  छन् । उनले रु ३६ हजार ४०० रकम भण्डारण खर्च तिरेका छन् ।  बर्सेनि बीउ आलु बेचेर रु पाँचदेखि सात लाख आम्दानी गर्ने उनी यस पटक भने शीतभण्डार व्यवस्थापनको लापरबाहीले बज्रपात पारेको छ ।
 
खानका लागि शीतभण्डारबाट घरमा झिकेर ल्याइएको आलु उम्रेर लामालामा टुसा पलाएको देख्दा रामपुर–६ तालपोखरा बस्ने मित्रा ढकाललाई नमज्जा लाग्यो । उनले रामपुर नगरपालिका–६ कार्यालयको आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत व्यावसायिक आलु उत्पादन गरेको हो । “शीतभण्डारबाट झिकेर ल्याएको आलु खाल्डोबाट झिकेजस्तो छ, प्रतिकिलो रु ३० मा घरमै आलु खरिद गर्न आउदा शीतभण्डारमा राख्नुपर्छ भनेर हामीलाई आलु अन्यत्र बिक्री गर्न दिइएन, आलु बिग्रियो अब सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्छ”, उनले गुनासो पोखे ।    ढकालले दश बोरा खायन र बीउ आलु भण्डारण गरेका छन् । 

रामपुर– ५ बेझाड बस्ने मैना श्रेष्ठले दशँै तिहार पर्वमा प्रयोग गर्न किसानबाट खरिद गरेको तीन बोरा आलु भण्डारण गरे । तर अहिले आलु उम्रेको देख्दा उनको लगानी सबै खेर गएको छ । चाडपर्वमा बजार भाउ महँगो, कहिलेकाहीँ महँगो शुल्कमा खरिद गर्छुभन्दा पनि नपाइने समस्याले स्थानीय किसानसँग आलु खरिद गरी चाडपर्वमा प्रयोग गर्न सुरक्षित रुपमा शीतभण्डारमा राखेको आलु खान लायकको नभएको उनले बताए । उनले भने, “पूरै टुसा पलाएर खान हुने खालको छैन, कोही कुहेको छ त कोही दबिएजस्तो खालको छ, आलु खरिद, शीतभण्डारण शुल्क सबै खेर गयो” ।

त्यस्तै रामपुर– ३ का वडाध्यक्ष दिनेशकुमार खनालले गाउँका अन्य किसानलाई प्रोत्साहन गर्न ४७ बोरा बीउ आलु भण्डारण गरेको बताए । आलु बोराबाटै बाहिर लामा टुसा पलाएको देख्दा उनी चिन्तित छन् । शीतभण्डारमा प्राविधिक व्यवस्थापनको तालमेल नहुँदा बीउका लागि भण्डारण गरिएको १०३ बोरा आलु खेर जाने स्थिति सिर्जना भएको लेखनाथ रेग्मी बताए ।
       
यहाँको शीतभण्डारमा करिब एक हजार ४०० क्विन्टल आलु राखिएको छ । गत वैशाख दोस्रो र तेस्रो सातामा आलु भण्डारण गरियो । शीतभण्डार निर्माणको ढिलाइका कारण उपयुक्त समयमा आलु भण्डारण नहुँदा समस्या निम्तिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।
 
“फागुनमा खनेको आलु वैशाख दोस्रो सातामा मात्रै भण्डारण गरियो, समयमा नै भवन बनेन, तापक्रम व्यवस्थापन नुहुनु, किसानले ल्याउदा नै केहीको आलु उम्रिसकेको थियो” शाखा प्रमुख पाण्डेयले भने । नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्रमार्फत रम्भा गाउँपालिका– १ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्झौता गरी प्रयोगमा ल्याइएको हो । 
       
शीतभण्डार पहिलो वर्ष प्रयोगमा ल्याउँदा प्राविधिक तालमेल नमिलेकाले समस्या भएको रामपुर नगरपालिकाका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष हुमनाथ न्यौपाने बताए । “भण्डारण कक्षभित्र हावा नखेलेको ठाउँको आलु उम्रिएको छ, हावा खेलेको ठाउँमा बिग्रिएको छैन, आलु खानयोग्य छैन, बीउको लागि प्रयोगमा पनि आउँदैन पूरै कुहिएर बिग्रिएको छ भने त्यसको सम्बन्धित पक्षबाट व्यवस्थापन हुनेछ”, उनले भने ।
  
रामपुर नगरपालिकामा मात्रै गत आर्थिक वर्षमा आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले पनि धेरै आलु उत्पादन भएको छ । नगरभित्र करिब पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको छ । यहाँ उत्पादन भएको आलु बेमौसमी याममा महँगो मूल्यमा बिक्री गर्न सुरक्षित तरिकाले भण्डारण गरिएको थियो । बिडम्बना परिस्थिति ठीक विपरीत भइदिएको छ । कृषि उपज भण्डारण गर्न प्रतिकिलो रु छ शुल्क कायम गरिएको छ ।

रामपुर क्षेत्रमा उत्पादन हुने कृषिजन्य उपजलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्त अनुदानमा रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा शीतभण्डार निर्माण गरिएको हो ।  
 
भण्डारमा फरक–फरक क्षमताका पाँच कोठा छन् । यहाँ दुई तले १० कोठासहितको प्रशासनिक भवन, अपाङ्गमैत्री शौचालय छ । दुई कोठामा आलु भण्डारण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा लुम्बिनी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभिन्न स्थानीय तहलाई प्रस्तावना माग गरे अनुसार रामपुर नगरपालिकाले पनि प्रस्ताव पेश गरेको थियो ।

सोहीअनुरुप छनोट भई नगरपालिकासँग सम्झौता गरी नगरपालिकाले आफ्नै लगानीमा डीपीआर तयार पारेर शीतभण्डार निर्माण गरी प्रयोगमा आएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies