Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बाढीले बाटो बगाएपछि आवतजावतमा समस्या

\"kaligandaki१६ साउन, मुगु । पटक पटकको वर्षाले खोलामा बाढी बढ्न गई यहाँको एक खोलामाथि लगाएको काठे साँघु र सडक बगाई गल्छी बनाउँदा सर्वसाधारणलाई सदरमुकाम तथा गाउँमा आवतजावत गर्ने समस्या भएको छ ।   एक हप्तायता पटक पटक परेको पानीले जिल्ला सदरमुकाम गमगढीबाट पूर्व एक घन्टाको पैदल दूरीमा रहेको सालिम खोलामाथि रहेको काठे पुल र गमगढी नाग्चे लाग्ने निमार्णाधीन सडक बगाई गहिरो गल्छी बनाउँदा उक्त बाटो भएर करान भेगका पाँच गाविस तथा जिल्ला सदरमुकाममा आवतजावत गर्ने बटुवालाई समस्या भएको हो ।   पानीले बाटो बगाएपछि निर्माणाधीन गमगढीदेखि चीनको सिमाना नाग्चे लाग्नेसम्मको सडक निर्माण कार्यमा पनि अवरोध खडा भएको छ । बाटो नभएपछि सदरमुकाम गमगढीबाट स्काभेटर चलाउन इन्धन लिन नसकिएकाले सडक निर्माणको काम रोकिएको छ भने पाँच गाविस माग्री, पुलु, किम्री, डोल्फु, र रोवा गाविसका केही बस्तीमा आवतजावत गर्न कठिनाइ भएको छ ।   रोवा गाविसले अस्थायी रुपमा काठ लगाएर बाटो खुलाए पनि गहिरो गल्छीमाथि भारीसहित आवतजावत गर्न सर्वसाधारण डराउने गरेका छन् । यी गाविसमा अन्नबालीको उत्पादन कम हुने भएकाले टाढाटाढासम्म पुगेर व्यापार गर्ने र आम्दानीबाट घरपरिवार पाल्न चामल, पिठो, दाललगायतका दैनिक उपभोग्य वस्तु किनेर घर ल्याउने भएकाले मूलबाटो नै अवरुद्ध हुँदा यहाँका बासिन्दा चिन्तित छन ।   माग्री, मह गाउँका अगुवा छिरिङक्याप्ने लामा भन्छन– करान भेगका पाँच गाविसका बासिन्दा वर्षभरिलाई पुग्ने अन्न बाहिरबाट चौँरी, खच्चर, घोडामा बोकाएर आफ्नो घरमा ल्याउने गर्छन् तर अहिले खोला साँघु बगायो भारी बोकेका जनावरलाई खोला पार गर्न कठिनाइ भएको भन्दै चिन्ता व्यक्त गर्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending