चितवन । ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुटेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुटेका हुन् ।
उनले अहिले आफ्नो सात कट्ठा जमिनमा कागती खेती गर्दै आएका छन् । कँडेलले विदेशको यात्रालाई रोकेर आफ्नै बारीमा कागती खेती गर्दै आएका हुन् । छ वर्ष पहिले विदेश जाने सोचमा रहेका कँडेल राहदानी (पासपोर्ट) बनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझको टेलिभिजन कार्यक्रमले उनलाई कृषि कर्ममा आकर्षित गर्यो । टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखाँैको आयात हुने सुनेपछि उनले विदेशको यात्रालाई पूर्णविराम लगाउँदै यस व्यवसायमा लागेका हुन् ।
उनले भने, “विदेश जाने रहर होइन । साथीभाइ सबै विदेशमा भएकाले केही समय विदेश जाउँ भन्ने लागेको थियो । तर पछि मन बद्लियो ।” टेलिभिजन कार्यक्रम हेरेर प्रभावित बनेपछि आफ्नै देशको माटोमा केही गर्नुपर्छ भन्दै उनले कागती खेती सुरु गरेको स्मरण गरे । कँडेलले सुरुआतमा आफ्नो सात कट्ठामा १०० वटा कागतीका बिरुवा लगाए । उनको बारीमा सुन कागती लगाएका छन् । उनले भने, “महिनामा चार क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन ।” उनले करेसाबारीमै सुन फलेजस्तो लाग्छ, खुसी लागेको छ भने । आजकल दैनिक २०–२५ केजी कागती टिप्ने गरेको उनले बताए । “कागती अमिलो भए पनि यसको आम्दानी भने निकै गुलियो हुँदो रहेछ”, उनले खुसी हुँदै भने ।
उनले भने, “पाकेका कागती टिप्दा सुन टिपेको महसुस हुन्छ ।” मासिक सरदर रु ५० हजार कागती बेचेर कमाउन सफल भएको उनको भनाइ छ । ग्राहक तथा व्यापारी घरमै आएर कागती लैजाने गरेका छन् । खपत नभएका बेला कहिलेकाहीँ तरकारी तथा फलफूल मण्डीमा पुर्याउनुपर्ने भए पनि खासै बजारको समस्या नभएको उनले बताए । उलने भने, “अन्य फलजस्तो केही दिनमै सड्ने, बिग्रने, चराले बारीमै सखाप पार्ने समस्या हुँदैन ।” खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइ हुने पैसा कागतीले यही दिन्छ ।
कागती खेती गर्नु अघि उहाँ हार्डवेयरको व्यापार गर्थे । हार्डवेयरको व्यवसाय छाडेर तरकारी खेती, मकै खेती गरेको उनी र उनको उनी र उनको परिवार अहिलेको व्यवसायबाट सन्तुष्ट छ । यो व्यवसायलाई बढाएर एक बिघा पुर्याउने लक्ष्य उनको छ । उनले सम्झिए, “पहिला मैले यो व्यवसाय गर्दा मलाई गाउँलेले काँडाघारी बनाउन थाल्यो भन्नुहुन्थ्यो । अहिले कृषि कर्म गर्नुपर्छ भन्ने सबैमा परेको छ ।” उनलाई पहिला बुद्धि बिग्रिएको भनियो भन्दै स्थानीय शोभाकर कँडेल अहिले व्यावसायिकरुपमा खेती गर्नुपर्छ भन्नेमा पुगेको बताए । उनले भने, “हामीले पहिला नहुने काम गर्दै हुनुहुन्छ भनेका थियौँ । अहिले उहाँकै प्रगति देख्दा खुसी लागेर आउँछ ।”
केन्द्रले नेपालमा यही फार्ममा मात्रै अध्ययन सुरु गरेको उनले जानकारी दिए । कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो । मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: