Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

ऊर्जामन्त्री भुसाल- सहकारीका माध्यमबाट जनताको जीवनस्तर उठाउनुपर्छ

खबरडबली संवाददाता

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारीका माध्यमबाट गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर माथि उठाउन सहिने बताएकी छिन् । 

सरकारले आर्थिक, सामाजिक न्याय तथा गरिबी न्यूनीकरणका लागि सार्वजनिक, निजी र सहकारीसहित तीन खम्बे अर्थनीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्री भुसालले सहकारी क्षेत्रले आर्थिकरूपमा बिपन्न परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिइन् । 

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारसभाको उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “सहकारीका माध्यमबाट आर्थिक सशक्तीकरण गर्नुपर्छ, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणमा यस क्षेत्रले भूमिका खेल्नुपर्छ ।” सहकारीले गरिब परिवारलाई सीप र रोजगारी उपलब्ध गराएर जीवनस्तर माथि उठाउनुपर्नेमा उनले जोड थियो । 

आर्थिक अधिकारमा महिलाको समान पहुँच नभएको भन्दै उनले विगतमा अधिकारका लागि सङ्घर्ष गरेको र अब अधिकार कार्यान्वयनका लागि सङ्घर्ष गर्नुपर्ने समय आएको बताए । उनले भनिन्,  “हामीले प्राप्त गरेका राजनीतिक, आर्थिक र सामाजिक अधिकार घरपरिवारबाटै कार्यान्वयन गर्नुपर्छ, अधिकार कार्यान्वयनको जागरुकता राख्नुपर्छ ।”

सो अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले आर्थिक वर्ष २०७६र७७ मा महिला सदस्य आठ हजार २५ र पुरुष सदस्य एक हजार ६२४ रहेकामा आव २०७७/७८ मा सदस्यता वृद्धि भई महिला सदस्य आठ हजार १७९ र पुरुष सदस्य तीन हजार ४२३ गरी जम्मा ११ हजार ६०२ सदस्य संस्थामा आबद्ध भएको जानकारी दिए । 

आव २०७६/७७ मा रु पाँच करोड ५५ लाख ८८ हजार १०० शेयर पुँजी सङ्कलन भएकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु एक करोड ४१ लाख २९ हजार ७०० सेयर पुँजी वृद्धि भइ हाल संस्थाको शेयर पुँजी रु छ करोड ९७ लाख १७ हजार ८०० पुगेको छ । 

संस्थाले २०७६/७७ मा रु ५४ करोड १८ लाख ४४ हजार ९२४ बचत सङ्कलन गरेकामा आव २०७७/७८ असार मसान्तसम्ममा रु आठ करोड ७५ लाख ६६ हजार ९१० वृद्धि भई हाल संस्थाको बचत निक्षेप रु ६२ करोड ९४ लाख ११ हजार ८३५ पुगेको छ । 

आव २०७६/७७ मा रु ४० करोड तीन लाख ६३ हजार ६१७ कर्जा लगानी गरिएकामा आव २०७७/७८ सम्ममा संस्थाको लगानीमा रहेको कर्जा रु ६९ करोड २४ लाख ३५ हजार ४६१ पुगेको उल्लेख गरिएको छ । सो अवसरमासरोकारवालाले सहकारीका माध्यमबाट गरिबी न्यूनीकरण तथा समृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेकी थिइन ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies