गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरीकल्चर एशोसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताए ।
“घाँटीमा लगाइने मालाका लागि बाहिरबाट आयातित फूल भन्दा पनि सकेसम्म स्थानीय उत्पादनकै प्रयोग गर्ने क्रम बढेका कारण तिहारका लागि बजारमा यहीँ उत्पादित फूल बढी माग हुने गरेको छ”, उनले भने, “यसवर्ष मागको झण्डै ८० प्रतिशत फूल पोखरा र आसपासमा नै उत्पादन भएको छ ।”
परनिर्भरताकै कारण समयसमयमा हुने गरेका नाकाबन्दी, यातायात असहजता, महँगी आदिका कारण पनि उत्पादक र उपभोक्ता दुवै स्थानीय उत्पादनतर्फ आकिर्षत बन्दै गएका छन् । पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पछिल्ला वर्षमा फूल खेतीतर्फ आकर्षण बढिरहे पनि कोरोना महामारी, समस्यामा पर्ने गरेका प्राकृतिक विपत्ति आदिका कारण यस व्यवसायमा केही न केही प्रभाव पारेको छ ।
यसवर्ष तिहारका लागि लगाइएको फूलखेतीमा दसैँलगत्तै परेको पानीले केही क्षति पुर्याएको जनाउँदै उनले समयक्रम मिलाएर नलगाउदा पनि कतिपय स्थानका किसान समस्यामा परेको बताए । पछिल्ला वर्षमा कतिपय सर्वसाधारणले घरबारी तथा कौशीमा तिहारका लागि फूल लगाउने क्रम पनि उत्तिकै बढेको पाइन्छ । अघिल्लो वर्ष तिहारका लागि बाहिरबाट फूल कम नै आएको र स्थानीय उत्पादन नै बढी बिक्री भएको कृषि उपज बजार केन्द्र पृथ्वीचोकका सूचना अधिकारी रुपा दाहालले जानकारी दिए ।
कास्कीभित्र लेखनाथ, भरतपोखरीको बागमारा, कालिका, मालेपाटन, विरौटा, बाटुलेचौरलगायत स्थानमा फूलको व्यावसायिकखेती हुने गरेको छ । फूलैफूलको चाडको उपमा पाएको तिहारमा दाजुभाइ दिदीबहिनीका गलामा लगाउने मालाका साथै घर सजाउने, गाई, गोरु, कुकुर आदिलाई पनि माला लगाइने भएकाले फूलको रामै्र खपत हुने गर्दछ ।
फ्लोरीकल्चर एशोसिएशन कास्कीमा हाल ३५ व्यवसायी आवद्ध रहेका अध्यक्ष गुरुङले जानकारी दिए । जिल्लामा फूलखेतीको व्यावसायिकता वृद्धिसँगै यसलाई व्यवस्थित बनाउने लक्ष्यका साथ २०६३ सालयता एशोसिएशनमा आबद्ध भई व्यवसायी क्रियाशील बनेका हुन् । पोखरा र आसपासमा उत्पादित सयपत्री फूलको प्रति थुङ्गा लगभग पाँच रुपैयाँ पर्दछ । यहाँ उत्पादित फूल आकर्षकसँगै आकार पनि केही ठूलो हुने भएकाले सामान्यत: एउटा माला तयार गर्न २० देखि २५ थुङ्गाले पुग्ने व्यवसायी बताउँछन् । उनीहरूका अनुसार तिहारमा प्रति मालाको न्यूनतम १०० रुपैयाँदेखि १५०सम्म पर्ने गर्दछ । पोखरामा करिब ३०० प्रजातिका पूmलको व्यवसायीक खेती हँुदैआएको छ ।
पछिल्ला वर्षमा मौसम, फूल्ने अवधिलगायत कुरालाई ध्यानमा राख्दै व्यवसायीले फूलखेती गर्ने गरेका छन् । एशोसिएशनका अध्यक्ष गुरुङका अनुसार सामान्यत: सयपत्री फूल बेर्ना जमाएको ९० दिनमा फूल्ने गर्दछ । समयक्र मिलाएर लगाइका कारण व्यवसायीले लगाएका फूल तिहारका लागि ठिक्क तयार हुने अवस्थामा रहेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: