काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको मागसहित भइरहेको वकिलहरूको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शनका क्रममा प्रहरीले माइक खोसेर हस्तक्षेप गरेको थियाे । तर, प्रदर्शनमा सहभागी वकीलहरुले आफ्नो अडान कायम राखे । उनीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखे ।
वकीलहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा लगाइरहेका छन् ।
प्रहरीसँगको धक्कामुक्कीमा नेपाल बार एसोसियसनका महासचिव लीलामणि पौडेल सामान्य घाइते भएका छन् । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरेका छन् ।
सर्वोच्चका अदालतका कर्मचारीहरु भने बालकोनीमै रहेर सो दृष्य नियालीरहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: