बुटवल । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को उपस्थितिबिना आज प्रदेशसभा सञ्चालन भएको छ । बैठक सुरु भए लगत्तै प्रतिपक्षी दलको अवरोधका कारण आधा घण्टा स्थगन भएको प्रदेशसभामा दोस्रो पटकको बैठक नेकपा एमालेले बहिष्कार गरेको थियो ।
नेकपा एमालेले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमलाकुमारी खत्रीलाई पदमुक्त नगरेको भन्दै प्रदेशसभाको बैठक अवरोध गर्दै आएको छ । बैठकमा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि मन्त्री हमालले सो विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सो अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले विकास सबैको साझा आत्मा भएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दललाई सहकार्य गरेर लोकतान्त्रिक संस्कार अनुसरण गर्न आग्रह गरे । उनले दुई प्रदेशसभा सदस्यलाई लक्षित गरेर अदालतमा विचाराधीन मुद्दालाई गलत व्याख्या गरेको भन्दै संसदीय इतिहासमा नौलो घटना भएको बताए । मुख्यमन्त्री केसीले संसद्को गरिमालाई प्रमुख प्रतिपक्षी दलले बेवास्ता गरेको उल्लेख गर्दै सरकारको रणनीतिक योजनामा हेरफेर नगरेको स्पष्टीकरण दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०७९ - १०:४६
लिस्बन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा पुनलाई म्याग्...
जेष्ठ १२ गते, २०७९ - १०:१७
काठमाडौँ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्...
जेष्ठ ११ गते, २०७९ - १६:००
ट्युनिस । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्...
जेष्ठ ११ गते, २०७९ - १५:५३
गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन...
जेष्ठ ११ गते, २०७९ - १५:०९
गलकोट । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि ...
जेष्ठ ११ गते, २०७९ - १४:४५
नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार कर...
जेष्ठ ११ गते, २०७९ - १४:३१
बनियानी । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ ।फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागि...
जेष्ठ ११ गते, २०७९ - १४:०९
सोल । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्...
जेष्ठ ११ गते, २०७९ - १३:५३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ । यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा न...
जेष्ठ ११ गते, २०७९ - १३:३६
काठमाडौं । पेट्रोलियम पदार्थमाको मूल्यवृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ गरेका छन् । विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा ...
प्रतिकृया लेख्नुहोस्: