रामपुर । कार्यालयका तत्कालीन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । यहाँ कार्यालय प्रमुख नहुँदा विभिन्न योजना अलपत्र छन् ।
प्रदेश सरकारअन्तर्गतको यस कार्यालयले पाल्पासँगै अर्घाखाँचीमा खानेपानीको योजना सञ्चालन गर्दै आएकामा गत साउनदेखि नै सम्पन्न योजनाको रकम भुक्तानी हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि कार्यालयमा प्रमुख नहुँदा आम नागरिकले गुनासो गरिरहेका छन् । लामो समयदेखि कार्यालयमा कार्यालय प्रमुख नहँुदा दैनिक कार्य सम्पादनदेखि कार्यालयमा कार्यरत कर्मचारीको तलवबाट वञ्चित हुनुपरेको कार्यालयका कर्मचारी बताउँछन् ।
रामपुर नगरपालिका–२ स्थित खयरबोट खानेपानी आयोजना पनि प्रभावित बन्न पुगेको छ । योजना सिफारिस भए पनि कार्यालय प्रमुखको समस्याले अहिलेसम्म काम अगाडि बढ्न नसकेको रामपुुर–२ का वडा सदस्य बालकुमारी थापाले बताए । “आयोजना सिफारिस भए पनि निर्माणको कुनै प्रक्रिया अगाडि बढेको छैन, स्थानीयले काम किन सुरु भएन भनेर गुनासो गरिरहनुहुन्छ, खानेपानी कार्यालयमा फोन गरेर बुझ्दा काम हुन्छ भन्नुहुन्छ”, उनले भने ।
गत वर्ष नै नाप जाँच गरिएको यस खानेपानी आयोजनाबाट करिब ४०० घरधुरीका उपभोक्ता लाभान्वित हुनेछन् । लुम्बिनी प्रदेश सरकारका तीन मन्त्री पाल्पाबाट छन् तर कार्यालय प्रमुखको व्यवस्थापनमा भने पहल नभएको स्थानीयले गुनासो गरेका छन् । मन्त्रालयको स्रोतका अनुसार रुपन्देहीको खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख अनुपकुमार चौधरी र गुल्मीमा कार्यरत डिभिजन प्रमुख अनुपकुमार उपाध्यायमध्ये एक जनालाई पाल्पा सरुवा गर्ने भनिए पनि अहिलेसम्म कार्यालय प्रमुखको टुङ्गो लाग्न भने सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: