अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गरे ।
नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले आज दुर्गाफाँटमा आयोजना गरेकोे बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने बताए । विदेश गएका युवाका लागि रोजगारी सृजना गर्नका लागि पार्टीले रणनीति बनाउने उनले उल्लेख गरे ।
महामन्त्रीमा निवार्चित भएपछि काठमाडाँै उपत्यकाबाहिर पहिलो आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाखमा हुने तथा प्रदेश र सङ्घको निर्वाचन मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।
कांग्रेस केन्द्रीय सदस्य एवम संसदीय दलकी सचेतक पुष्पा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण देश पछाडि धकेलिएको आरोप लगाए । उनले जनताको बलिदानीबाट प्राप्त संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने स्पष्ट पारे ।
कांग्रेस पाणिनिका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादवप्रसाद घिमिरेले स्वागत गरेको उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, नेवि सङ्घका महामन्त्री युवराज पाण्डे, कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
एमालेबाट निर्वाचित पालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँपालिकामा नेकपा (एमाले)बाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतमसहित ४७५ जना कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई कांग्रेस थापाले पार्टी प्रवेश गरेकामा स्वागत गरेका थिए । गौतम गाउँपालिका महासङ्घको केन्द्रीय सदस्यसमेत रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०७९ - २१:४४
पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपचालक बागलुङको का...
जेष्ठ ४ गते, २०७९ - २१:३४
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले १८ हजार ८७८ मत ल्याएर अग्रता कायमै र...
जेष्ठ ४ गते, २०७९ - २१:१८
राँझा । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा कांग्रेसका नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो...
जेष्ठ ४ गते, २०७९ - १७:१३
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थ...
जेष्ठ ४ गते, २०७९ - १६:५७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउन...
जेष्ठ ४ गते, २०७९ - १५:३३
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले १७ हजार ५५८ मत ल्याएर अग्रता कायमै र...
जेष्ठ ४ गते, २०७९ - १५:१६
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा ...
जेष्ठ ४ गते, २०७९ - १४:४८
पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने
जेष्ठ ४ गते, २०७९ - १४:३९
बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओ...
जेष्ठ ४ गते, २०७९ - १४:१०
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा उनीहरुको ...
प्रतिकृया लेख्नुहोस्: