Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

उर्जामन्त्रीको 'किर्ते' प्रयास असफल

\"radha-gyawali-1\"१९ साउन, काठमाडौं । ऊर्जा मन्त्रालयले पाँच महिनाअघिको मिति राखेर निर्णय पारित गराउन सोमबार राखेको प्रस्ताव अर्थ मन्त्रालयको आपत्तिमा अस्वीकृत भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ प्राधिकरणका ११ तहका निर्देशक लीलानाथ भट्टराईलाई १२ औं तहमा बढुवाका लागि राखिएको प्रस्तावमा प्राधिकरणको सञ्चालक समितिका चार सदस्यले हस्ताक्षर गरेका थिए भने दुई सदस्यले ‘नोट अफ डिसेन्ट\' लेखेका थिए। प्रस्ताव निर्णय गराउन न्यूनतम पाँच सदस्यको हस्ताक्षर आवश्यक पर्छ। प्राधिकरण सञ्चालक समितिको पदेन सदस्य रहेका अर्थसचिव सुमनप्रसाद शर्माले \'ब्याक डेट\' मा प्रस्ताव पारित गर्नु \'किर्ते\' काम हुने भन्दै विरोध गरेपछि उक्त प्रयास धराशयी भएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पाँच महिनाअघि आफूसहित ऊर्जामन्त्री एवं प्राधिकरण अध्यक्ष, ऊर्जासचिव र अर्का सञ्चालक सुरज लामिछानेले भट्टराईको बढुवासम्बन्धी निर्णय प्रस्तावमा हस्ताक्षर गरेका थिए। अर्थसचिव शर्मालाई हस्ताक्षर गर्न सोमबार अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो, तर उनले नमानेपछि सञ्चालक समितिमा पुनः आवश्यक संख्याका लागि प्रस्ताव लैजाने र नलैजानेबारे टुंगो नभएको स्रोतले बतायो। अर्थसचिव शर्माले आफूले उक्त निर्णय प्रस्तावमा हस्ताक्षर नगरेको पुष्टि गरे। दुईजना सञ्चालकले नोट अफ डिसेन्ट लेखेको र पाँच महिनाअघिको विषय भएकाले हाललाई आफूले हस्ताक्षर नगरेको सचिव शर्माले बताए। ‘आज (सोमबार_ हस्ताक्षर गर्न ल्याएका थिए। मैले यो पुरानो एजेन्डा हो, प्राधिकरण बोर्डबाट नयाँ एजेन्डा पारित गराउनोस् त्यतिबेला हस्ताक्षर गर्नेछु भनें\' शर्माले भने। ऊर्जामन्त्री राधा ज्ञवालीले भट्टराईलाई १२ तहमा बढुवा गर्न ुपुल दरबन्दीु नै थप गरेकी थिइन्। पुल दरबन्दीमा ६ तहको खारेज गरेर १२ तहको खडा गरिएको थियो। भट्टराईसहित सञ्चालक समितिले कन्हैयाकुमार मानन्धर र सुरेन्द्र राजभण्डारीलाई बढुवा गरेको थियो। तर भट्टराईको निर्णयमा मात्र दुई सञ्चालकले असहमति प्रकट गर्दै नोट अफ डिसेन्ट लेखेका हुन्। निर्देशकहरू मानन्धर र राजभण्डारीभन्दा कनिष्ठ भएको, ६ तहको पुलको दरबन्दी खारेज गरी १२ तहको सिर्जना गर्दा अर्थ मन्त्रालयले सहमति नदिएको दुई कारण देखाएर भट्टराईको बढुवामा असहमति भएको हो।स्रोतका अनुसार सोमबार ऊर्जामन्त्री ज्ञवालीले अर्थसचिव शर्मालाई फोन गरी सहयोग गर्न आग्रह गरेकी थिइन्। उनले सचिव शर्मालाई ुयो निर्णयमा हस्ताक्षर गरेर मलाई व्यक्तिगत रूपमा सहयोग गर्नुपर्‍योु, भनेकी थिइन्। त्यसपछि सचिव शर्माबाट हस्ताक्षर गराउन सञ्चालक समितिका सदस्य सुरज लामिछाने र मन्त्री ज्ञवालीका निजी सचिव राजेन्द्र ढकाल अर्थ मन्त्रालय पुगेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending