Khabar Dabali ३ जेष्ठ २०७९ मंगलवार | 17th May, 2022 Tue
Life insurence

पहिरामा परेर ५५ वर्षीय कामदारको मृत्यु

रासस

रसुवा । विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन भएको छ । सो पहिरामा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार  निर्माण हुन लागेको ७८ मेगावाट क्षमताको सालासुङ्गी हाइड्रो पावर जाने सडक विस्तारका क्रममा पहिरो जाँदा तामाङको मृत्यु भएको हो । घटनास्थल थाम्वुचेतमाथि तातोपानी जाने बाटोको गोङगाङ गाउँमाथि भएको बताइएको छ।

यस्तै सोही पहिरामा परी गम्भीर घाइते हुने अर्का कामदार आमाछोदिङ्मो गाउँपालिका–५ गोङ्गाङ  निवासी ५४ वर्षीय कार्साङ तामाङलाई भने उपचारार्थ सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको ...

रोल्पाका ६ पालिकामा माओवादी र २ पालिकामा काग्रेस विजयी

रोल्पा । रोल्पाको एक नगरपालिकासहित छ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्...

भरतपुरमा ६ हजार २०७ मतका साथ रेनु दाहालकाे अग्रता कायमै, एमालेका उम्मेदवार सुवेदीले कति मत ल्याए ?

भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा  पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका...

कांग्रेसका कार्यकर्ताले विरोध गरेपछि तिलोत्तमाको मतगणना स्थगित

रुपन्देही ।  तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ...

जनकनन्दनीमा नेपाली कांग्रेसलाई पछि पार्दै जसपाका यादव विजयी

लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रत...

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता

वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी

तारकेश्वरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजय

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बि...

तान्जानियामा १८ हजारभन्दा बढी चालकहरू पक्राउ

दार अस सलाम ।  तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दावी गरेका छन् ।  ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई ...

बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राना निर्वाचित

कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकलबहादुर बिष्टल...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji